धोका, डिप्रेशन र दीपिकाः खुले पुराना सम्बन्धका राज

दीपिका पादुकोण बलिउडकी यस्ती अभिनेत्री हुन् जो अभिनयको साथसाथै स्पष्टवक्ताको रुपमा पनि चिनिन्छिन् । उनले सन् २०१७ मा बलिउडकै अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । उनी वैवाहिक जीवनमा पनि उत्तिकै खुशी छिन् । र उनका श्रीमान पनि ।
रणवीर सिंहसँग विवाहभन्दा पहिले दीपिका रणबीर कपूरसँग प्रेमसम्बन्धमा थिइन् । जुन सम्बन्धमा उनलाई धोका भयो । प्रेममा धोका पाएपछि दीपिका डिप्रेशनको शिकार भइन् । उनले यसअघि पनि पटक–पटक प्रेमसम्बन्ध र धोका अनि डिप्रेशनको विषयमा कुरा गरिसकेकी छन् ।
उनले फेरि त्यही विषयमा केन्द्रीत भएर एउटा अन्तरवार्ता दिएकी छिन् । उनले रणबीरले बारम्बार धोका दिएको र माफी माग्दै सम्बन्ध बचाएको उल्लेख गरिन् । उनले माफी दिएकोमा अपसोस मान्दै भनिन्, ‘मेरो लागि सेक्सको मतलब शारीरिक रुपमा मात्रै नजिकिनु थिएन, भावनात्मक रुपमा पनि जोडिनु थियो । म जुन सम्बन्धमा रहेँ कहिल्यै धोका दिइन ।’
उनले अगाडि भनिन्, ‘म यदि कसैलाई धोका दिन्छु वा चिट गर्छु भने त्यस्तो सम्बन्धमा किन रहुँ ? यो भन्दा राम्रो त एक्लै बस्ने र मोजमस्ती गर्ने । तर सबैजना यस्ता हुँदैनन् । त्यसैले मैले पहिले निकै दुख भोग्नुपर्यो । म यति धेरै बेहकुफ थिए कि मैले उसलाई दोस्रोपटक पनि मौका दिए । मैले उसलाई रंगेहात भेट्टाएको थिए । उसले मसँग सम्बन्धको लागि भिख मागेपछि फेरि माफी दिएँ । त्यो नै मेरो बेहकुफी थियो ।’
‘मलाई यो सबैबाट बाहिर आउन लामो समय लाग्यो । तर अब म यो सबै कुराबाट बाहिर आइसकेँ ।’
‘मैले आफ्नो सम्बन्धमा धेरै कुरा दिए । तर मलाई बदलामा केही पनि प्राप्त भएन । धोका पाएँ । सम्बन्धमा धोका पाएपछि इज्जत पनि गयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ