आज असिना पानीसहित हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको जनाएको छ । भने अहिले देशका मध्य र पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली रहेको र पश्चिमी भूभागमा आंशिक बदली भएको जानकारी दिएको छ ।
यसका साथै, पूर्वी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाले दिउँसो देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो
-
‘हामी संविधानमा प्रगतिशील तर व्यवहारमा यथास्थितिवादी छौँ’