शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको उपचार खर्च ५ देखि ६ लाख

शुक्रबार, ३० फागुन २०७६, १९ : २४
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । दोस्रोपटक मृगौलाको प्रत्यारोण गराएका प्रधानमन्त्री केपी शर्माओली अस्पतालबाट डिस्चार्ज भएका छन् । गतहप्ता बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन्  । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए । प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख लागेको पनि उनले जानकारी दिए । अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको पनि उनले बताए ।

डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने उनका नीजि चिकित्सक डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भएपनि नियमित चिकित्सकको निगरानीमा रहनेछन् ।

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि मन्त्रीहरु अस्पताल पुगेका थिए । मृगौला प्रत्यारोपण गराएको १० औं दिन डिस्चार्ज एका ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मृगौला दिएकी थिइन् । संग्रौला यसअघि नै डिस्चार्ज भएकी थिइन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप