सबै गन्तव्य मुलुकहरुमा अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्का
शुक्रबार, ३० फागुन २०७६, १७ : ४७
काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति रोक्का गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो ।
कार्यालयद्धारा जारी सूचनामा नेपाल सरकार, कोरोना रोग रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिहिबार (फागुन २९ गते) अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेसँगै कार्यालयबाट जारी हुने श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको जनाएको छ । यसअघि नै नेपालको प्रमुख श्रम गन्तव्य मुलुक कतारले नेपाल लगायत ८ मुलुकका कामदार नलिने घोषण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल