कोरोना महामारी फैलिएपछि भारतीय प्रधानमन्त्री मोदीले सम्झिए सार्क

काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क)लाई सम्झिएका छन् । कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले सार्क मुलुकहरुले अब महामारीविरुद्ध लड्न एउटा दरिलो रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । उनले अहिले मानवजातिको अस्तित्व रहेको ग्रहनै कोभिड–१९ महामारीको चपेटमा परेको र समग्र विश्व र दक्षिण एसियाले उक्त चुनौती सामना गरिरहेको बताएका छन् ।
यसअघि प्रधानमन्त्री मोदीले पाकिस्तान समेत सदस्य रहेको सार्क संगठनको बेवास्ता गर्दै बिमेस्टकलाई अघि बढाउने रणनीति लिएका थिए । पाकिस्तानमा प्रस्ताव गरिएको १९ औं सार्क शिखर सम्मेलनलाई समेत भारतले बेवास्ता गर्दै आएको छ ।
भारत र पाकिस्तानको द्वन्द्व उत्कर्षमा पुगेपछि भारतले सार्कलाई बेवास्ता गर्दै बिमस्टेक (वे अफ बंगाल इनिसियटिभ्स फर मल्टि सेक्टरल, टेक्निकल एन्ड इकोनोमिक कोअपरेशन) लाई विशेष प्राथमिकतामा राखेको आरोप लाग्दै आएको छ ।
नेपालमा सम्पन्न १८ औं शिखर सम्मेलनपछि अहिलेसम्म सार्क सम्मेलन हुन सकेको छैन । सार्क संगठनमा भारतसहित नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सदस्य राष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति