केन्द्रीय संस्करण
कोरोनाभाइरस

अमेरिकी स्वास्थ्य विज्ञको चेतावनी : कोरोनाभाइरसको महामारी झन खराब हुँदै जान पनि सक्छ

कोभिड– १९ संक्रमण फ्लूभन्दा १० गुना घातक, भ्याक्सिन बनाउन डेढ वर्ष बढी समय लाग्छ : डा. एन्थोनी फाउची

person explore access_timeफागुन ३०, २०७६ chat_bubble_outline0

 

यतिखेर कोरोनाभाइरसको महामारीले आक्रान्त विश्वका ११४ वटा मुलुकहरुमध्ये विश्वमहाशक्ति अमेरिका पनि आक्रान्त छ । ३१ जनाको मृत्यु र १ हजारभन्दा बढी मानिसहरुलाई अमेरिकामा नै संक्रमति गरिसकेको पृष्ठभूमिमा अमेरिकाका वरिष्ठ स्वास्थ्यकर्मी एन्थोनी फाउचीले कोरोनाभाइरस संक्रमणको झनै ठूलो महामारी अमेरिकामा फैलिने चेतावनी दिएका छन् । फाउची एनआईएच नेशनल इन्स्टिच्यूट अफ एलर्जी एण्ड इन्फेक्सिअस डिजिजेज, अमेरिकाका निर्देशक हुन् ।

उनले भनेका छन्ः यसको संक्रमणका संख्या अझै बढेर जानेछ र अहिलेभन्दा स्थिति झनै खराब भएर जानेछ ।

प्रस्तुत छः नोबोल कोरोनाभाइरसको संक्रमण, रोकथामका उपाय तथा यसका विरुद्ध खोपका विकास गर्नका लागि भइरहेको प्रयासबारे उनका विचार ।

हामीले यसबारेमा उदासीन रह्यौं र नियन्त्रण गर्ने  तथा घटाउनेबारे कडा आक्रमक नीति लिएनौं भने यो संख्या धेरै माथि जानेछ र त्यो दशौं लाखौं पनि पुग्न सक्नेछ । यसलाई नियन्त्रण गर्ने हो भने हामीले हाम्रो आदत, बानी व्यहोराहरुमा परिवर्तन ल्याउनै पर्छ । हामी सबैले यो कुरा अनुमान गर्नैपर्छ कि ढिलोचाँडो यो संक्रमणले हामीलाई पनि आक्रमण गर्नेनै छ र त्यसकारण हामी भन्दैछौं कि यसलाई नियन्त्रण गर्ने र विस्तार रोक्ने कार्यलाई अझ धेरै आक्रमक र पूर्ण प्रयासका साथ  काम गर्नैपर्छ ।


प्रत्येक वर्ष हामीले भोग्ने गरेका मौसमी फ्लूको कारण हुने मृत्युदर ०.१ प्रतिशत हुने गरेको छ । अहिले देखिएको कोभिड–२०१९ को कारण हुने विश्वव्यापी मृत्युदर औसत रुपमा करिब ३ प्रतिशत छ । पहिले यो २ प्रतिशत रहेकोमा बढेर ३ प्रतिशत पुगेको छ । सबै लक्षण देखिएका वा नदेखिएका सबै संक्रमणका केसहरुलाई गणना गर्नेहो भने सम्भवतः मृत्युदरको संख्या घटेर १ प्रतिशतको करिबमा आउनेछ । फेरि पनि यो भनेको मौसमी फ्लूभन्दा १० गुना बढी घातक नै हो । हामीले यसबारेमा उदासीन रह्यौं र नियन्त्रण गर्ने  तथा घटाउनेबारे कडा आक्रमक नीति लिएनौं भने यो संख्या धेरै माथि जानेछ र त्यो दशौं लाखौं पनि पुग्न सक्नेछ । यसलाई नियन्त्रण गर्ने हो भने हामीले हाम्रो आदत, बानी व्यहोराहरुमा परिवर्तन ल्याउनै पर्छ । हामी सबैले यो कुरा अनुमान गर्नैपर्छ कि ढिलोचाँडो यो संक्रमणले हामीलाई पनि आक्रमण गर्नेनै छ र त्यसकारण हामी भन्दैछौं कि यसलाई नियन्त्रण गर्ने र विस्तार रोक्ने कार्यलाई अझ धेरै आक्रमक र पूर्ण प्रयासका साथ  काम गर्नैपर्छ । मानिसहरुले सोध्ने गर्छन् कि तपाईंहरु किन यस्तो गर्न चाहनुहुन्छ जबकि हामीकहाँ संक्रमणको कुनै केस नै छैन ? यो त त्यतिबेला मात्रै गर्ने हो त । हामी आशा गर्छौं कि मौसम तातो हुँदै जाँदा कोभिड–१९ को संक्रमण घट्दै जानेछ । इन्फ्लन्जाको हकमा हामी यो प्रत्येक वर्ष मार्च, अप्रिल, मे लाग्दै जाँदा घट्दै जाने गरेको पनि देख्ने गरेका छौं । यही कुरा रुघाखोकी लगाउने अन्य खालका कोरोनोभाइरस, जुन अहिलेको नोबल कोरोना भाइरस हैन, को हकमा पनि यही देखिन्छ । त्यसकारण, यो नोबल कोरोनाभाइरसको हकमा पनि त्यही हुन सक्छ भनेर सोच्नु अन्यथा होइन ।


जोड दिएरै भन्नुपर्छः यो नयाँ नोबल कोरोनाभाइरसले के गर्छ भन्ने हामीलाई अहिलेसम्म थाहा छैन । खालि हामी मौसममा तापक्रम बढ्दै जाँदा यसको संक्रमण घट्दै जानेछ भने आशा र अनुमान मात्रै गर्न सक्छौं । तर हामी त्यो अनुमानको आधारमा मात्रै अगाडि बढ्न सक्दैनौं । हामीले अनुमान गर्नैपर्छ कि यो झन खराब, खराब र फेरि पनि खराब हुँदै जान पनि सक्छ ।


तर जोड दिएरै भन्नुपर्छः यो नयाँ नोबल कोरोनाभाइरसले के गर्छ भन्ने हामीलाई अहिलेसम्म थाहा छैन । खालि हामी मौसममा तापक्रम बढ्दै जाँदा यसको संक्रमण घट्दै जानेछ भने आशा र अनुमान मात्रै गर्न सक्छौं । तर हामी त्यो अनुमानको आधारमा मात्रै अगाडि बढ्न सक्दैनौं । हामीले अनुमान गर्नैपर्छ कि यो झन खराब, खराब र फेरि पनि खराब हुँदै जान पनि सक्छ । जब यसको संक्रमण देखापर्न थाल्छ, त्यो फैलिएर पूरै समाजलाई संक्रमित गर्न सक्छ । त्यो अवस्थामा यसको संक्रमणको संख्या बढेर कति पुग्न सक्छ भनेर हामी भन्नै सक्दैनौं । हामीले अंगाल्ने तरिका र यसको संक्रमणलाई पछ्याउने तरिकामा यो भरपर्छ । जब हामीसँग त्यो पर्याप्त मात्रामा हुन्छ, त्यतिबेलासम्म यो ठूलो महामारी बनिसकेको पनि हुन सक्छ । त्यो स्थितिमा यसलाई हामीले सही र प्रभावकारी ढंगले नियन्त्रण गर्न सम्भव हुँदैन ।

महामारीको विगतको घटना र इतिहासलाई हेर्नेहो भने त्यसबेला नियन्त्रण गर्ने तरिका नै भएन । अहिले हामीले यसलाई केही हदसम्म नियन्त्रण गर्ने काम त गरिरहेका छौं तर हामी के पनि देखिरहेका छौं भने यात्राबाट आएका मानिसहरुको आवातजावात रोकिएको छैन, जारी छ । यसले गर्दा यो संक्रमण फैलिन सजिलो भएको छ । जब यो संक्रमण समुदायमा फैलिएर जान्छ, त्यसबेलामा चुनौति झनै बढी बढेर वा थपिएर जान्छ । त्यसकारण अहिलेभन्दा बढी संक्रमणका केसहरु देखापर्ने र स्थिति झनै खराब भएर जाने म देख्दैछु । त्यो कति खराब भएर जानेछ भन्ने कुरा दुई वटा कुरा गर्न सक्ने हाम्रो क्षमतामा निर्भर गर्नेछः पहिलो, बाहिरबाट भित्रिने मानिसहरुको आवातजावतलाई नियन्त्रण गर्ने र दोस्रो, देशभित्र नै पनि त्यसलाई नियन्त्रण गर्ने र विस्तारलाई रोक्ने हाम्रो क्षमता । तर जम्मामा भन्दा, यो स्थिति झनै खराब भएर जानेवाला छ ।


अहिले हामीले यसलाई केही हदसम्म नियन्त्रण गर्ने काम त गरिरहेका छौं तर हामी के पनि देखिरहेका छौं भने यात्राबाट आएका मानिसहरुको आवातजावात रोकिएको छैन, जारी छ । यसले गर्दा यो संक्रमण फैलिन सजिलो भएको छ । जब यो संक्रमण समुदायमा फैलिएर जान्छ, त्यसबेलामा चुनौति झनै बढी बढेर वा थपिएर जान्छ । त्यसकारण अहिलेभन्दा बढी संक्रमणका केसहरु देखापर्ने र स्थिति झनै खराब भएर जाने म देख्दैछु ।


तपाईंको परिवारमा कसैलाई संक्रमण भएको हुन सक्छ भनेर विश्वास गर्न सकिने आधार वा कारणहरु छ भने, चाहे तिनमा संक्रमणका लक्षण देखिएका होऊन् वा उनी कतै बाहिरबाट यात्रा गरेर आएका मानिससँग वा  संक्रमित भएका वा संक्रमितसँगको सम्पर्कम आएको प्रमाण भएक मानिससँगको सम्पर्कमा आएका छन् भने तुरुन्तै चिकित्सककोमा गएर जँचाइहाल्नुपर्छ । यसले ऊ साँच्चै नै नोबल कोरोनाभाइरसबाट संक्रमित भएको छ कि छैन भनेर पत्ता लाग्नेछ ।

अर्को भनेको निगरानीका कुरा पनि हो, जसमा तपाईं कसैलाई संक्रमण भएको छ कि छैन भनेर हैन कि यो निश्चित किसिमको संक्रमणको घुसपैठ भएको छ कि छैन भनेर पत्ता लगाउनु हुनेछ । यो भनेको चिकित्सक र विरामी बीचको सम्बन्धको कुराभन्दा फरक कुरा पनि हो । यो भनेको बाहिर के भइरहेको छ भनेर महसुस गर्ने कुरा हो, र मानिसहरुले आफू संक्रमित भएको छु भन्नेबारे के  सोचेका छन् र साँच्चै को संक्रमित छन्  भनेर थाहा पाउने कुरा पनि हो ।

नोबल कोरोनाभाइरसका विरुद्ध भ्याक्सिन बनाउने कुरा जहाँसम्म छ, हामीले सबैभन्दा पहिले थाहा पाउनुपर्ने कुरा नै यो भाइरस के हो, यसको जेनेटिक सिक्वेन्स के हो भन्ने हो । त्यो थाहा पाएपछि बल्ल भ्याक्सिन बनाउने कुरा शुरु हुन्छ । त्यो चाँडै नै पत्ता लागिहाल्नेछ ।

 तर भ्याक्सिन बनाउने बारेमा पनि यहाँ धेरै भ्रमहरु छन् । आगामी चार हप्तामा, जसलाई पहिलो चरण पनि भन्न सकिन्छ, हामीले एक सम्भाव्य व्यक्तिमाथि त्यसको क्लिनिकल ट्रयाल पनि गर्न सक्छौं । एक मात्र हैन, १० जना वा सोभन्दा बढीमा नै पनि परीक्षण गर्न सकिन्छ । तर भ्याक्सिन निर्माणका थुप्रै चरणहरु हुन्छन् । हामीले अहिले कुरागरेमध्येका एउटा माध्यमलाई चाहिँ म्यासेन्जर आरएनए  (Messenger RNA) भनिन्छ । यसले अरु भ्याक्सिनहरुको लागि एउटा प्रारम्भिक चरणको तरिकाको रुपमा त काम गर्नेछ, जुन समानान्तर रुपमा थुप्रै विकास भइरहेका छन् । यो काम एक महिनामै सम्पन्न हुन सक्छ, जुन कुरा भ्याक्सिन निर्माणको इतिहासमै यसअघि कहिल्यै नगरिएको कुरा हो । तर वास्तवमै भन्दा भ्याक्सिन निर्माणको तरि तरिका त्यति छिटो अगाडि बढ्दैन । पहिला चरणको काम सम्पन्न भइसकेपछि पनि त्यो सुरक्षित छ कि छैन भनेर निश्चित गर्नको लागि ३ महिनाको समय लाग्छ । त्यसपछि मात्रै अर्को महत्वपूर्ण चरण फेज २ मा जान सकिन्छ । यो चरणमा चाहिँ त्यसले काम गर्छ कि गर्दैन भनेर सुनिश्चित गरिन्छ । यो भ्याक्सिन भएकोले सामान्यतः स्वस्थ मानिसमा परीक्षण गरिहाल्न मिल्दैन । यो भ्याक्सिनले उसलाई खराब असर गर्न सक्छ वा त्यसको काम नगर्न पनि सक्छ । अतः यसले काम गर्छ कि गर्दैन भनेर सुनिश्चित गर्नुपर्ने यो चरण गम्भीर हुन्छ । यो सुनिश्चित गर्नकै लागि पनि कम्तिमा ८ महिना वा बढी नै  समय लाग्न सक्छ । त्यसकारण नोबल कोरोनाभाइरसका विरुद्ध भ्याक्सिन छैन भन्नुको अर्थ के हो भने यो विकास भएर बजारमा उपलब्ध हुन अझै १ वर्ष वा डेढ वर्ष समय लाग्न पनि सक्छ । यो नै समयसीमा हो । अत कसैले यो भ्याक्सिन त्योभन्दा चाँडो पाउन सकिन्छ भनेर सोच्छ भने त्यो सही हुँदैन ।


वास्तवमै भन्दा भ्याक्सिन निर्माणको तरि तरिका त्यति छिटो अगाडि बढ्दैन । पहिला चरणको काम सम्पन्न भइसकेपछि पनि त्यो सुरक्षित छ कि छैन भनेर निश्चित गर्नको लागि ३ महिनाको समय लाग्छ । त्यसपछि मात्रै अर्को महत्वपूर्ण चरण फेज २ मा जान सकिन्छ । यो चरणमा चाहिँ त्यसले काम गर्छ कि गर्दैन भनेर सुनिश्चित गरिन्छ । यो भ्याक्सिन भएकोले सामान्यतः स्वस्थ मानिसमा परीक्षण गरिहाल्न मिल्दैन । यो भ्याक्सिनले उसलाई खराब असर गर्न सक्छ वा त्यसको काम नगर्न पनि सक्छ । अतः यसले काम गर्छ कि गर्दैन भनेर सुनिश्चित गर्नुपर्ने यो चरण गम्भीर हुन्छ ।


अत प्रष्ट हुनैपर्ने कुरा के हो भने आगामी केही महिना वा थुप्रै महिना हामी यो नोबल कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्ने स्वास्थ्य उपायहरुमा नै मूलतः निर्भर रहनैपर्छ । यसको उपचार गर्ने समयसीमा चाहिँ अलि फरक हुन सक्छ । यो पहिल्यै बिरामी भएकालाई औषधी वा भ्याक्सिन दिनेभन्दा फरक कुरा हो । अतः यसको जोखिम र यसमा कति समय लाग्छ भन्ने कुरा कति चाँडो निधो गर्न सकिन्छ कुराले धेरै भूमिका खेल्छ । यो भनेको सामान्य मानिसहरुलाई भ्याक्सिन दिने र महामारीबाट जोगाउनेभन्दा फरक कुरा हो ।

केही मानिसहरुमा यो भ्याक्सिनको क्लिनिकल ट्रायल शुरु पनि भइसकेको छ । तीमध्ये केही चीनमा र केही अमेरिकामा नै छन् । यस्ता केही परीक्षणहरु थुपै्र प्रयोगशालाहरुमा भइरहेका छन् जसमध्ये एक अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का पनि हो । यो भ्याक्सिनले काम गर्छ कि गर्दैन भनेर हामीले आगामी केही महिनाहरुमा मात्रै थाहा पाउन सक्छौं । म आशावादी छु, हामीले सकारात्मक संकेत नै पाउने छु । हामीले त्यो पायौं भने बल्ल हामी यो उपचार विधि प्रयोग गर्न सक्छौं होला भन्ने ठान्छु । तर सबैभन्दा मुख्य कुरा पहिले त्यसले काम गर्छ भनेर प्रमाणित हुनुपर्यो ।

जम्मा भन्दा अहिले अमेरिकाको नेशनल इन्स्च्यिुट अफ हेल्थ यतिखेर भ्याक्सिन बनाउने काममा र साथासाथै प्रभावकारी उपचार विधि विकास गर्ने काममा जुटेको छ । आशा गरौं, समयक्रममा भ्याक्सिन त बन्नेनै छ, साथसाथै, प्रभावकारी उपचारविधि पनि चाँडै नै विकसित हुनेछ ।

स्रोतः हासेम अल–घाइलीको फेसबुक पेज

Title Photo: https://www.cda.org

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.