बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले ३ दिन झण्डा आधा झुकाउने

शुक्रबार, ३० फागुन २०७६, ११ : ५६
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री पूर्णकुमार शेर्मा (लिम्वू) को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तनि दिन आफ्ना कार्यलयमा आधा झण्डा झुकाउने भएको छ । शुक्रबार आकस्मिक बसेको केन्द्रीय समिति बैठकले शेर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनको सम्मानस्वरुप तीन दिन आधा झण्डा झुकाउने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा २०७६ फागुन ३०, चैत्र १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको उल्लेख छ । त्यस्तै चैत्र २ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने  र शेर्माकोे निधनको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने  निर्णय गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप