युरोपा लिगमा युनाइटेडको गोलबर्षा

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा अष्ट्रियन क्लब लास्कमाथि गोलबर्षा गरेको छ । बिहिबार राति भएको खेलमा युनाइटेडले लास्कलाई उसैको मैदानमा ५–० गोलले हरायो ।
युनाइटेडको जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । २८औं मिनेटमा ओडिन इघलोले गोल गदै युनाइटेडलाई अग्रता दिलाए । ५८औं मिनेटमा ड्यानियल जेम्सले अग्रता दोब्बर बनाए । ८२औं मिनेटमा हुवान माटाले तेस्रो गोल गरे । इन्जुरी समयमा मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गर्दै युनाइटेडलाई सानदार जित दिलाए । जितसँगै युनाइटेडले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
यसैगरी अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले जर्मन क्लब वल्फवर्गलाई २–१ गोलले हराएको छ । साख्तरको जितमा जुनियर मोराइसले १७औं र मार्काेस बाहियाले ७३औं मिनेटमा गोल गरे । घरेलु टोलीका वल्फका लागि जोन एन्थोनी ब्रुक्सले ४८औं मिनेटमा एक गोल फर्काएका थिए ।
अन्य खेलमा बसेलले फ्रान्कफर्टलाई ३–०, इस्तानबुलले एफसी कोपेनहेवनलाई १–० र लिभरकुसेनले रेन्जर्सलाई ३–१ गेलले हरायो । ओलम्पियाकोस र वल्भ्स १–१ गोलको बराबरीमा रोकिए । इन्टर मिलान र गेटाफे तथा सेभिया र एस रोमाबीचको खेल कोरोना भाइरसका कारण कारण स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
सेन्ट जेभियर्स कलेजमा राष्ट्रियस्तरको ४८ घण्टे ह्याकाथन सम्पन्न