शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आहा रारा गोल्डकपको फाइनलमा पुग्यो मनाङ मर्स्याङ्दी

बिहीबार, २९ फागुन २०७६, २१ : ०९
बिहीबार, २९ फागुन २०७६

पोखरा । मनाङ मर्स्याङ्दी पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।  बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो । 
आर्मीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङले आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलको सुरुआतमै अग्रता मनाङले गोल गरेको थियो । खेलको तेस्रो मिनेटमै विदेशी खेलाडी फ्लोरेन्टले मनाङका लागि गोल गरे । 

२८ औँ मिनेटमा मनाङका विमल रानाले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाएका थिए । आर्मीका लागि कप्तान भरत खवासले पहिलो गोल गरे । नवयुग श्रेष्ठको पासमा  खेलको ४० औँ मिनेटमा खवासले गोल गर्दै आर्मीलाई २–१ मा पु-याएका थिए । पहिलो हाफ २–१ को नतिजामा सकिएको थियो ।

खेलको दोस्रो हाफमा अन्जन विष्टले मनाङका लागि गोल गरे । खेलको ८० औँ  मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई ३–१ ले अगाडि बढाए ।

अन्जनको गोलको २ मिनेट पछि आर्मीका दिपकुमार लामाले आर्मीका लागि गोल हानेका थिए । बुधबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले साविक विजेता थ्री स्टारलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप