बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अबदेखि शंकरदेव क्याम्पसका विद्यार्थीले ग्लोेबल आइएमई बैंकबाट शुल्क भुक्तानी गर्न सक्ने

बिहीबार, २९ फागुन २०७६, १९ : २८
बिहीबार, २९ फागुन २०७६

काठमाडौं – ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पस बीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्ण प्रसाद आर्चायले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन । 

समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवालाई प्रर्वदन गर्ने उद्देश्य अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको छ । शंकरदेवसंगको यस सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्ने छ भने विद्यार्थीहरुको समय पनि वचत हुने अपेक्षा राखिएको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप