राप्रपा एकीकरणअघि पूर्वराजासँग भेटवार्ता भएको डा. लोहनीको खुलासा(भिडियोसहित)

काठमाडौं । राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दुई पार्टी एकीकरणअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल भएको स्वीकार गरेका छन् । रातोपाटी अनलाइन टिभीका लागि रोहित दाहालसँगको ‘वारपार’ कार्यक्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । यद्यपि उनले भेटवार्ता पार्टी एकीकरणसँग सम्बन्धित नभएको दावी गरे ।
उनले भने, ‘एउटा प्रभावशाली नागरिकको हैसियतमा मैले पूर्वराजासँग भेटवार्ता गरेका हुँ । भेटमा देशको पछिल्लो परिस्थिति र समसामयिक विषयमा कुरा भएको हो । पार्टी एकतासँग सम्बन्धित नै भने होइन ।’
उनले पार्टीको चुनाव चिन्हको विषयमा महाधिवेशनअघि नै सहमति जुट्ने स्पष्ट पार्दै सम्भवत हलो नै पार्टीको चुनाव चिन्ह रहने दावी गरे । बुधबार मात्रै लाेहनी र पशुपति शमशेर राणा नेतृत्वकाे राप्रपा संयुक्त र कमल थापा नेतृत्वकाे राप्रपाबीच एकीकरण भएको थियो ।
लोहनीसँग पार्टी एकताको आधार, आवश्यकता र यसले राजनीतिमा पार्ने प्रभावका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल