राप्रपा एकीकरणअघि पूर्वराजासँग भेटवार्ता भएको डा. लोहनीको खुलासा(भिडियोसहित)
काठमाडौं । राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दुई पार्टी एकीकरणअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल भएको स्वीकार गरेका छन् । रातोपाटी अनलाइन टिभीका लागि रोहित दाहालसँगको ‘वारपार’ कार्यक्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । यद्यपि उनले भेटवार्ता पार्टी एकीकरणसँग सम्बन्धित नभएको दावी गरे ।
उनले भने, ‘एउटा प्रभावशाली नागरिकको हैसियतमा मैले पूर्वराजासँग भेटवार्ता गरेका हुँ । भेटमा देशको पछिल्लो परिस्थिति र समसामयिक विषयमा कुरा भएको हो । पार्टी एकतासँग सम्बन्धित नै भने होइन ।’
उनले पार्टीको चुनाव चिन्हको विषयमा महाधिवेशनअघि नै सहमति जुट्ने स्पष्ट पार्दै सम्भवत हलो नै पार्टीको चुनाव चिन्ह रहने दावी गरे । बुधबार मात्रै लाेहनी र पशुपति शमशेर राणा नेतृत्वकाे राप्रपा संयुक्त र कमल थापा नेतृत्वकाे राप्रपाबीच एकीकरण भएको थियो ।
लोहनीसँग पार्टी एकताको आधार, आवश्यकता र यसले राजनीतिमा पार्ने प्रभावका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण