शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा एकीकरणअघि पूर्वराजासँग भेटवार्ता भएको डा. लोहनीको खुलासा(भिडियोसहित)

बिहीबार, २९ फागुन २०७६, १९ : २८
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दुई पार्टी एकीकरणअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग छलफल भएको स्वीकार गरेका छन् । रातोपाटी अनलाइन टिभीका लागि रोहित दाहालसँगको ‘वारपार’ कार्यक्रममा उनले सो कुरा स्वीकार गरेका हुन् । यद्यपि उनले भेटवार्ता पार्टी एकीकरणसँग सम्बन्धित नभएको दावी गरे । 

उनले भने, ‘एउटा प्रभावशाली नागरिकको हैसियतमा मैले पूर्वराजासँग भेटवार्ता गरेका हुँ । भेटमा देशको पछिल्लो परिस्थिति र समसामयिक विषयमा कुरा भएको हो । पार्टी एकतासँग सम्बन्धित नै भने होइन ।’
उनले पार्टीको चुनाव चिन्हको विषयमा महाधिवेशनअघि नै सहमति जुट्ने स्पष्ट पार्दै सम्भवत हलो नै पार्टीको चुनाव चिन्ह रहने दावी गरे ।  बुधबार मात्रै लाेहनी र पशुपति शमशेर राणा नेतृत्वकाे राप्रपा संयुक्त र कमल थापा नेतृत्वकाे राप्रपाबीच एकीकरण भएको थियो । 

लोहनीसँग पार्टी एकताको आधार, आवश्यकता र यसले राजनीतिमा पार्ने प्रभावका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप