शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डिशहोमले विश्व चर्चित कोरियन गीत तथा सिरिज प्रशारण हुने च्यानल सुरु गर्दै

बिहीबार, २९ फागुन २०७६, १९ : ०५
बिहीबार, २९ फागुन २०७६

काठमाडौं– विश्व भरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । 

नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले केवर्ल्ड च्यानल सुरु गर्दैछ । के पप, माइ लिटिल वेवी, रिच म्यान, किङ इन दि लभ र मेल्टिङ हार्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ । 

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ साथै डिशहोम गो एपमा पनि यो च्यानल हेर्न सकिनेछ । 

नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न आफ्नै एक्सक्लुसिभ च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप