बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पिउनेपानीको जारमा जिउँदो जुका भेटियो, के जारको पानी पिउनयोग्य छ त ? (भिडियोसहित)

बिहीबार, २९ फागुन २०७६, १९ : ०५
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । हामी कुनै रेष्टुरेण्टमा गयौँ र पिउनेपानी माग्यौँ भने उनीहरुले जारको पानी भन्ने जवाफ दिन्छन् । हामी पनि कस्तो पानी हो भनेर सोध्छौँ र जारको पानी भन्ने सुनेपछि ढुक्क भएर पानी पिउछौँ । तर के जारको पानी पिउनयोग्य नै हुन्छ त ?

पहिला यो भिडियो हेर्नुहोस् 

यो भिडियो बिहीबार काठमाडौंको बनस्थलीमा खिचिएको हो । बनस्थलीको रीता खाजा घरका सञ्चालक केदारनाथले पिउनयोग्य हुने भन्दै जारको पानी मगाएका थिए । अक्वा नाइन्टी नाइन (अक्वा ९९) नाम रहेको जारको पानी उनले लामो समयदेखि प्रयोग गर्ने गरेका थिए र बिहीबार पनि त्यही पानी मगाएका थिए । पहिले पहिले उनले जारको पानीलाई त्यति नियालेर हेर्ने गरेका पनि थिएनन् । तर बिहीबार भने पानीको जारको माथि नै जिउँदो जुका हिँडिरहेको देखे । 

सिल नै नतोडिएको पानीको जारभित्र जिउँदो जुका हिँडिरहेको देखेपछि उनले रातोपाटीलाई सम्पर्क गरे । 
सरकारी स्वामित्वको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उद्योगको पानी हो अक्वा ९९ । त्रिकोण वेभरेज इन्डिष्ट्रिज को उत्पादन रहेको प्रशोधित पिउने पानी हो हो । ४१४४३÷२०४३ दर्ता नम्बर रहेको त्रिकोण वेभरेजको सिल नतोडिएको पानीको जारभित्रै जिउँदो जुका भेटिएपछि केदारनाथले कम्पनीका मान्छेलाई पनि सम्पर्क गरेका थिए । तर कम्पनीका मान्छेले भने हल्ला नगर्न आग्रह गर्दै एकैछिनमा आउने बताए । 

‘प्रशोधित पिउने पानी’को जारभित्रै जिउँदो जुका भेटिएपछि उपत्यका लगायतका स्थानमा उपलब्ध हुने जारको पानी कत्तिको स्वस्थकर छ भनेर प्रश्न गर्नुपर्ने बेला भएको छ । प्रशोधन गरेर मात्रै बजारमा पठाउनुपर्ने पानीमा कोलिफर्म फ्रि हुनुपर्छ भने अन्य अखाद्य तत्व पनि प्रशोधन गेर हटाउनुपर्छ । तर बालाजु औद्योगिक क्षेत्र भित्रैबाट उत्पादित पानीमै जिउँदो जुका भेटिएपछि उपत्यकाको पिउने पानीको दयनीय अवस्था उजागार हुन्छ । 

पानीमा जुका भेटिएपछि बिहीबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बनस्थलीबाट उक्त पानी जफत गरी विभागमा लगेको छ । अब उक्त पानीको थप परीक्षण गरिने र शुक्रबार नै उद्योगमा सिलबन्दी गर्ने विभागले बताएको छ । 

प्रशोधित पिउने पानीमै जिउँदो जुका भेटिएको सम्बन्धमा कुरा गर्न त्रिकोण वेभरेज इण्डिष्ट्रजका सुपरभाइजर राजु मानन्धरलाई सम्पर्क गर्दा आफू काठमाडौं बाहिर भएकाले केही थाहा नभएको भन्दै के भएको हो बुझेर मात्रै भन्नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप