बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोंगबुमा पौडेल पक्षको बैठक : देउवालाई पत्र, कार्यकर्तालाई सर्कुलर

बिहीबार, २९ फागुन २०७६, १८ : ५०
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिबेगर भटाभट निर्णय लिन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्तरिक रणनीति बनाउन छलफललाई तीव्रता दिएको छ ।

सभापति देउवा फागुन १७, १९ र २३ गते लिएको निर्णयबाट चिढिएको पौडेल पक्ष त्यसयता लगातार आन्तरिक छलफलमा छन् । देउवाले १७ फागुनमा ४७ केन्द्रीय विभागमध्ये १३ विभागको प्रमुख र पाँच जनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरेका थिए ।

१९ गते ७ वटा विभागको प्रमुख थपे  भने विभिन्न पार्टीबाट काँग्रेस प्रवेश गरेका दुई जनालाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्य नियुक्त गरे । त्यसै दिन देउवाले ३० सदस्यीय ज्येष्ठ राजनीतिज्ञ सभासमेत गठन गरे ।

लगत्तै २३ फागुनमा विजय गच्छदारले नेतृत्व गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न भन्दै उक्त पार्टीका ११ जनालाई देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।

सोही दिन देउवाले नवलपरासीका कार्यवहाक जिल्ला सभापतिको अर्जन पोखरेलको अधिकार खोस्दै महाधिवेशन प्रतिनिधि विष्णु पौडेललाई जिल्ला सभापति तोकेका थिए ।

संघीय संरचनाअनुसार साविकको नवलपरासी जिल्ला विभाजित भएर नवलपुर र नवालपरासी गरी दुई जिल्ला बनेको छ । तत्कालीन नवलपरासीका जिल्ला सभापति विष्णु लामिछाने नवलपुरका जिल्ला सभापति बनेका छन् ।

यसअघि लामिछानेले तत्कालीन नवलपरासीका उपसभापति पोखरेललाई संघीय वर्तमान नवलपरासीको कार्यवहाक सभापतिको जिम्मेवजारी दिएका थिए । 

पार्टी संगठन समायोजनको विधिअनुसार पनि विभाजित भएको जिल्लामा उपसभापतिलाई सभापतिको जिम्मेवारी दिइने बताइएको थियो । तर पोखेरल महाधिवेशन प्रतिनिधि भएकाले पौडेललाई जिम्मेवारी दिइएको थियो ।

विधानको धारा ५० को ८ मा सभापतिहरुको मृत्यु वा राजीनामाको कारणले पद रिक्त हुन गएमा सम्बनिधत समितिका उपसभापति कार्यवाहक सभापति हुने उल्लेख छ । सोही विधानलाई टेकेर पौडेल पक्षले दिउवाले लिएको निर्णयप्रति आपत्ति जनाएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसको पौडेल पक्षको बैठकले नवरपरासी जिल्लाको पार्टी विवादबारे सभापति देउवासँग  कुराकानी गर्ने जिम्मा महामन्त्री शशांक कोइरालालाई दिएको थियो । यद्यपि अहिलेसम्म देउवा र कोइरालाबीच कुराकानी हुन सकेको छैन ।

देउवा पछिल्ला निर्णयका विरुद्धमा कसरी अगाडि बढ्ने भन्नेबारे नेताहरु अहिले नेता अर्नुनरसिंह केहीको निवास गोंगबुमा छलफलमा रहेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारी बताए ।

नवलपरासीबारे लिएको निर्णय फिर्ता लिन आग्रह गर्दै महामन्त्री कोइरालाले भोलि बिहान सभापति देउवालाई भेटेर पत्र बुझाउने तिवारीले बताए ।

छलफलमा वरिष्ठ नेता, पौडेल, महामन्त्री कोइराला, कृष्णप्रसाद सिटाैला, नेता केसी, रामशरण महत, मिलेन्द्र रिजाल लायतका नेताहरु सहभागी छन् । यता देउवाले थप विभाग गठनको तयारी गरिरहेको संकेत पाएका उनीहरुले आफूनिकट कार्यकर्तालाई विभागमा नबस्न आन्तरिक सर्कुलर गर्दैन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप