कोरोना संक्रमण फैलिएपछि यूएई दूतावासको अपील
बिहीबार, २९ फागुन २०७६, १८ : ४३
आबुधावीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना संक्रमण फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
फागुन २९ गते दूतावासले जारी गरेको विज्ञप्तिअनुसार युइईमा ७४ जनालाई कोरोना लागेका पुष्टि भएको र उनीहरुमध्ये १७ जना उपचारपछि घर फर्किसकेको उल्लेख छ । कोरोनाबाट २ जना नेपाली पनि संक्रमित भएको र उनीहरुको उपचार भइरहेकाले नआत्तिन समेत दूतावासले आग्रह गरेको छ ।
कोरोना संक्रमण तीब्ररुपमा फैलिएको भन्दै यूएईमा रहेका नेपालीहरुलाई सकेसम्म बाहिर ननिस्कन र भीडभाडमा नजान आग्रह गरेको छ । नेपालीहरुले बेलाबेलामा जमघट गर्ने भएकाले त्यस्ता जमघट नगर्न र सतर्कता अपनाउन समेत दूतावासले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर