बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

कोरोनाको सन्त्रासः  लकडाउन गर्ने यस्तो छ सरकारको तयारी

बिहीबार, २९ फागुन २०७६, १८ : ०६
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्नका लागि सरकारले छुट्टै तयारी गरेको छ । तत्काल भाइरस संक्रमणको महामारी फैलिएको खण्डमा सरकारले प्रभावित क्षेत्रमा लक डाउनको तयारी गरेको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव यादवप्रसाद कोइरालाले भने, ‘संक्रमण फैलिएको खण्डमा तत्काल निश्चित क्षेत्रको समुदाय, बस्ती, गाउँ–टोल र जिल्ला लक डाउन गर्ने तयारी गरेका छौं ।’ उनका अनुसार कुनै व्यक्तिलाई कोरोना संक्रमणको पष्टि भएलगत्तै त्यो क्षेत्रमा तत्काल लक डाउन गरिन्छ र त्यसका लागि सरकारले तयारी समेत गरेको छ ।

नेपालमा सो भाइरसको संक्रमण भएमा सरकारले प्रभावित मुलुकहरुमा नेपालबाट हुने हवाई उडानहरु महामारी अवधिभर लागि  स्थगन गर्ने योजना समेत बनाएको बताउँदै प्रभावित क्षेत्रबाट पर्यटक भिजामा आउने पर्यटकको गतिविधिलाई समेत  निगरानीमा राख्ने उनले बताए । सरकारले ‘नेपाल पोर्ट’ सफ्टवेयरमार्फत पर्यटकको अवस्था उनीहरुको गतिविधिलाई निगरानी गर्ने समेत कोइरालाले बताए ।

उनले भने, ‘नेपाल पोर्ट’ सफ्टवेयरमार्फत पर्यटक भिजामा आएका प्रत्येकलाई ट्रयाकिङ गरिन्छ ।’ नेपालमा आउने विदेशी पर्यटक कहाँ जान्छन् को कोसँग सम्पर्कमा रहनछन् भन्ने कुरा सफ्टवेयरमार्फत थाहा हुने समेत उनले बताए । संक्रमण रोक्नका लागि स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्रिय सरकारबीच समन्वय भइरहेको बताउँदै संक्रमण भएको अवस्थामा प्रदेश तहका अस्पतालहरुले समेत आइसोलेसन वार्डहरु तयार पारेको उनले बताए ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरि १ सय ५५ आइसोलेसन वार्ड राखिएको बताउँदै आपत्तकालिन अवस्थामा खरीपाटी र नगरकोटको क्वारेन्टाइनलाई यथावत राख्ने र अन्य स्थानमा पनि तयारी गरिरहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप