बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीमामा एसएसबीको उच्च सतर्कताः २ नेपालीलाई स्वास्थ्य परीक्षण गरी छाडियो

बिहीबार, २९ फागुन २०७६, १७ : २५
बिहीबार, २९ फागुन २०७६

धनुषा । नेपाल-भारत सीमानामा भारतीय प्रहरीले पनि चेकजाँच सुरु गरेको छ । भारतको अहमदावादबाट घर आउने क्रममा सिमावर्ती क्षेत्रमा रुघाखोकीको प्रकोप देखिएपछि भारतीय प्रहरीले चेकजाँच सुरु गरेको हो ।  
रोजगारीको शिलशिलामा भारतको अहमदावादबाट गाउँ फर्किने क्रममा विहारको जयनगरमा धनुषाको खजुरी–महुवा बस्ने शिवकुमार पासवान र राजन पासवानलाई रुघाखोकी लागेको भेटिएपछि भारतीय प्रहरीले  नियन्त्रणमा लिएको थियो ।

ती दुवै युवकलाई प्रहरीले मधुवनीस्थित सदर अस्पतालमा लगेग स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर फर्किएका थिए ।  भारतीय प्रहरीको कडा निगरानी तथा पूर्व सतर्कताका कारण सिमावर्ती क्षेत्रमा आउवजावत गर्ने व्यक्तिहरुको संख्यामा कमी समेत आएको छ । यता, भारतले मध्यरात देखि नै लागू हुनेगरी सिमावर्ती क्षेत्र (१५ अप्रिलसम्मका लागि) एक महिनाका लागि बन्द गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप