शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत एक जना दुई लाख घुससहित पक्राउ

बिहीबार, २९ फागुन २०७६, १७ : १७
बिहीबार, २९ फागुन २०७६

कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रुपमा करारमा कार्यरत बिश्वनाथ कुर्मी (चौधरी) २ लाख घुससहित पक्राउ परेका छन् । 

उनले ठगी मुद्दा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको बुटवल कार्यालयले पक्राउ गरेको हो । 

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित महामाया प्रेस गौढीचोकबाट उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप