भ्रष्टाचार विरोधी अभियानमा रमेश खरेल : ‘अब त अति भयो, हामी आयौं’ (भिडियो सहित)
काठमाडौं । पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु भएको छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा एक कार्यक्रममा बीच उक्त अभियान सुरु गरिएको हो ।
अभियानका संयोजक खरेलले राज्य संयन्त्रका सबै नेतृत्वले जनतालाई धोका दिएपछि आफूहरुले सुशासन अभियानमा उत्रिनु परेको बताए ।
उनले भने, ‘संविधान र कानुनमा लेखिएका कुरा कहाँ लागू भएको छ ? यहाँ धनीलाई चैन र गरिबलाई ऐन बनेको छ । देशमा पटक पटक परिवर्तन भयो । तर परिवर्तनले ल्याएको उपलब्धि कार्यान्वय गर्ने व्यक्ति पाएनौँ । राज्य सयन्त्रका सबै नेतृत्वले धोका दिए । हामीले न्याय पाएनौँ ।’ देशमा राजनीति नभएर काण्डनीति भएको उनको आरोप थियो । खरेलले भने, ‘म कसैप्रति पनि आक्षेप लगाउँदिनँ । पछिल्लो अवस्था हेर्दा देशमा राजनीति होइन काण्डनीति भएको छ ।’
सबैले जिम्मेवारी लिँदा खाएको सथप अनुसार काम खाए देशको अवस्था यस्तो नहुने खरेलको भनाइ थियो ।
उनले भने, ‘संस्थागत भ्रष्टाचार, नातावाद र भागबण्डा नभएको भए आज हामी यो अभियान लिएर आउने थिएनौँ । अब त अति भयो, हामी आयौँ ।’
बहुसंख्यक व्यक्तिलाई भ्रष्टाचार नगरे निद्रा पनि नलाग्ने उनको दाबी छ । ‘बहुसंख्यक व्यक्तिलाई भ्रष्टाचार नगरे निन्द्रा लाग्दैन,’ चेतावनी दिँदै खरेलले भने, ‘ अब तपाईँ सचेत हुनुहोस् । तपाईंलाई सुर्धिन हाम्रो आग्रह छ ।’ व्यक्तिगत आशा र लोभ भएकाहरुलाई अभियानमा नजोडिन उनले आग्रह पनि गरे ।
देशको सीमा मिचिँदा पनि कोही नबोलेको उनको बुझाइ छ । ‘देशको सीमा मिचियो । कोही बोल्दैन । बोले पनि त्यसको निरन्तता देखिँदैन,’ खरेलले भने, ‘देश अपराधिको ट्रान्जिट पोइन्ट बन्दैछ ।’यस्तै अभियानका परिकल्पनाकार तथा पूर्वसचिव देवेन्द्र सिटौलाले भ्रष्ट र अक्षमबाट देश चलेको दावी गर्दै यसबाट पीडा बोध भएको बताए ।
उनले भने, ‘देशमा रोजगारी छैन । राजनीतिक बहस मात्र छ । यो देशमा कहिले विहानी भएन । घडीको सुइ पनि उल्टो दिशातिर घुम्यो । भ्रष्ट र असक्षमबाट शासित हुँदा पीडा बोध भएको छ ।’
देश समृद्ध बन्न नेता, नीति र नियत मुख्य कुरा भएको उनले बताए ।
आफूले कर्मचारी भएर सिंहदरबारको कुरा बुझेको भन्दै देश मांशपेसी र रगत बिनाको अस्थिपञ्जर जस्तो बनेको सिटौलाले बताए ।
आफूहरुको उद्देश्य जनतालाई सचेत बनाउने र सरकारलाई दबाब दिने रहेको उनले बताए ।
उक्त अभियान लिएर आफूहरु ६ महिनाभित्र ७७ वटा जिल्लामा निस्कने उनीहरुले बताए । सबैको सुझावपछि मात्र अभियानको स्वरुप बदल्ने भन्ने उनीहरुको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति