शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका तीनै अध्यक्षले गरे पदभार ग्रहण (भिडियो सहित)

बिहीबार, २९ फागुन २०७६, १६ : १७
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षले पदभार ग्रहण गरेका छन् ।  राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गरेका हुन् । 

पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई काँग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताए । 

स्थानीय तहसम्मका कमिटिहरुमा योग्यता र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड गरी समायोजनमा जाने मानसिकता सबैले बनाउनुपर्ने बताए । 

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकता गरिएको बताए । 

राम्रो मान्छेलाई प्रोत्साहन गर्दै पार्टीलाई बलियो बनाउने गरी कमिटि गठन गर्नुपर्नेमा उनको जोड छ । 

नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसभित्र हिन्दुराष्ट्रका पक्षमा रहेका नेताहरुलाई पनि राप्रपामा ल्याउन प्रयास गरिने उनको भनाई छ । 

अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिएपनि प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको गुनासो गरे । 

‘जनतामाथि भएको धोखा र कुकर्मको विरुद्धमा जनताको पक्षमा बोल्ने पार्टीको आवश्यकता परेकाले पार्टी एक गरिएको छ’ राणाको भनाई थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच बुधबार पार्टी एकता घोषणा भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप