बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अन्योलमा लगानीकर्ता : घटेको बजारमा लगानी गर्ने कि कोरोनाको असर पर्खिने ?

बिहीबार, २९ फागुन २०७६, १६ : ११
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार परिसूचक फेरि घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ४५.९१ अंक घटेर १३७७.१८ विन्दुमा आइपुगेको होे । मंगलबार ८६.३८ अंक घटेको बजार बुधबार ७३.७७ प्रतिशत सुधार भए पनि बिहीबार फेरि करिब ४६ अंकले घटेको हो । 

यो दिन बजारमा २ अर्ब २० करोड रुपैंयाको कारोबार भएको छ । यो बुधबारभन्दा सामान्य बढी हो । मंगलबार भने ३ पटकसम्म सर्किट ब्रेकर लागेका कारण पूरा समय कारोबार हुन नपाएपछि कारोबार १ अर्ब ७ करोड रुपैंयामै सीमित भएको थियो ।

बिहीबारको बजारमा नेप्सेसँगै सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट लगायत सबै सूचक घटेका छन् भने बजारका १२ ओटै परिसूचक पनि घटेका छन् । होटल र निर्जीवन बीमाहरुको सूचक ५ प्रतिशत भन्दा बढीले घटेको छ भने बैंकिङ, हाइड्रोपावर र माइक्रोफाइनान्स समूहमा पनि ३ प्रतिशत भन्दा माथिको थिरावट देखिएको छ । 

बिहीबारको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ८२ लाख रुपैंयाको कारोबार भयो भने एनआईशी एशिया बैंकको ११ करोड ६४ लाख रुपैंयाको कारोबार भयो । बजारमा स्वाभलम्बन माइक्रोफाइनान्स, राधी जलविद्युत् र हिमाल दोलखा जलविद्युत्को मूल्यमा नकारात्मक सर्किट लाग्दा १६५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ ओटा बढेको छ भने ७ ओटा कम्पनीको मूल्यमा कुनै घटबढ भएको छैन । 

समग्रमा बजार परिसूचक घटे पनि कारोबार अवधिमा धेरैपटक उतारचढाव भने देखियो । यो अवस्थाले लगानीकर्ताहरु अहिले पनि अनिश्चित मुडमा रहेको देखिन्छ । 

अहिले एकातर्फ कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिविधिहरु सुस्त हुँदै गएका छन् । अर्कोतर्फ कृही दिनभित्रै ३०० अंक भन्दा बढी बजार घटेको अवस्थामा लगानीका लागि उपयुक्त समय कुरेर बसेका लगानीकर्ताहरु बजारमा प्रवेश गर्न चाहन्छन् । यही कारण बजारमा उतारचढाव देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप