आज लगनगाँठो कस्दै आँचल
बिहीबार, २९ फागुन २०७६, १४ : ३९

काठमाडौं । अभिनेत्री आँचल शर्मा आज वैवाहिक जीवनमा बाँधिदै छिन् । उनको वैवाहिक समारोह अहिले काठमाडांैमा चलिरहेको छ । विवाहको स्थान भने अहिले गोप्य राखिएको छ । उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । आँचल र उदिपको विवाहमा दुबैतर्फका सिमित सदस्यको मात्र उपस्थिति रहेको बुझिएको छ ।
आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना गरेका थिए । मेहेन्दी समारोहमा दुबैले एक अर्काको नाम आफ्नो हातमा लेखाएका थिए । बिवाह भोज भने उनीहरुले चैत्र १ मा आयोजना गर्दैछन् । एक वर्ष देखिको प्रेमलाई उनीहरुले आज विवाहमा परिणत गर्न लागेका हुन् ।
आँचल पछिल्लो समय म्युजिक भिडियोको अलवा चलचित्रमा पनि बाक्लै देखिने अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ