शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले कोरोनासम्बन्धि तथ्याङ्क लुकायो: सांसद यादव

बिहीबार, २९ फागुन २०७६, १३ : ४०
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको आरोप लगाएका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन् । उनले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको भन्दै दुःख व्यक्त गरे ।

उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत लगाए । ‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ ?’
भारत सरकार भारतले विदेशबाट आउने सबै आगन्तुकको भिसा अप्रिल १५ सम्मका लागि स्थगित गरेको कुरालाई उदृत गर्दै उनले भने, ‘भारतले कोरोना संक्रमणलाई मध्येनजर गर्दै सबै देशबाट आउने आगन्तुकको भिसा स्थगित गरेको छ तर  नेपाल सरकारले लापरवाही गरिरहेको छ, नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई कोरोना नभएको प्रमाणपत्रको आधारमा मात्र प्रवेश मिल्छ ।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिए पनि बाहिर नभनिएको आशंका समेत व्यक्त गरेका छन् । ‘वास्तविकता के हो,’ उनले प्रश्न गरे, ‘के सरकारले जानकारी दिनु पर्दैन ?’

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले कोरोना भाइरस संग लड्न एउटा विशेष प्लान ल्याउनु पर्ने सझाव दिए । उनले नेपालको हरेक जिल्लामा सरकारले विशेष  चितिक्सकको टोलीसहित हेल्प डेस्क राख्न माग समेत गरे ।

अर्को प्रसंगमा बोल्दै उनले विश्वबजारमा पेट्रोलियम लगयात अन्य कच्चा पदार्थको मुल्य घटे पनि नेपाल सरकारले मुल्य समायोजन नगर्ने कारण सोध्दै, तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप