शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरुको माग : कोरोनाको आडमा कालोबजारी गर्नेलाई तत्काल कारवाही होस्

बिहीबार, २९ फागुन २०७६, १३ : १८
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । सांसदहरुले कोरोना भाइरसबारे सरकारको तयारी अपुरो रहेको भन्दै आफ्ना नागरिकलाई जोगाउन थप गृहकार्य थाल्न सुझाव दिएका छन् । 

प्रतिनिधि सभा संसदको विशेष समयमा बोल्दै सत्तारुढ दलका सांसद खगराज अधिकारीले आज विश्व नोभल कोरोना भाइरसबाट त्रसित भएको र नेपाल पनि त्यो त्रासबाट मुक्त हुन नसकेको बताए । उनले यही मौकामा कृतिम अभाव खडा गरिएको भन्दै त्यस्ता व्यवसायीलाई कडा कारवाही गर्न माग गरे । ‘यस्तो अवस्थामा कालो बजारी गर्ने र आपूर्तिमा समस्या सिर्जना गर्नेलाई तुरुन्त कारवाहीको सरकारले कदम चालोस्’ पुर्व मन्त्री समेत रहेका अधिकारीको सरकारलाई सुझाव छ । 

त्यस्तै उनले स्वास्थ्य कर्मीहरुलाई आवश्यक तालिम र सुरक्षित कपडाको अभाव देखिएकाले यसको व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरे । फरक प्रशंगमा अधिकारीले भारतले लिम्पियाधुरा समेत आफ्नो नक्सामा पारेर नक्सा सार्वजनिक गरेकोमा सारा नेपाली दुखित रहेपनि सरकारले आफ्नो भूमि फिर्ता ल्याउन गरेको प्रयास सकारात्मक भएपनि भारतले कुटनीतिक नोटको जवाफ नर्फकाएको भन्दै नेपालीहरुले आफ्नो एक इन्च भुमि नछाड्ने बताए । ‘सिमामा कसैको हस्तक्षेप वा फौजी उपस्थिति मान्न तयार छैनन, नेपालीहरु अर्काको एक इन्च लिन चाहादैनन् र आफ्नो जमिन फिर्ता गर्न पनि नेपाली जनता पछि पर्दैनन् । देशभक्तिलाई कसैले चुनौती दिन्छ भने हामी सिंगै नेपाली प्यारो नेपाल जोगाउन अन्तिम अवस्थासम्म लडिरहन्छौ’, अधिकारीको चेतावनी छ ।  

सांसद पुष्पा भुषालले कोरोना भाइरसबाट विश्व त्रसित भएको र छिमेकी भारतले समेत विदेशबाट आउने मानिसलाई भोलिबाट क्वारेन्टाइनमा पठाउने भनिसकेको अवस्थामा नेपालका स्वास्थ्यमन्त्रीले भने आफै क्वारेन्टाइनमा बस्नुपर्छ भनेर जवाफ दिएर के गर्न खोजेको हो ? भन्दै सरकारको जवाफ मागिन् । 

अर्का सांसद विद्या भटट्राईले कोरोना भाइरसका कारण सामाजिक जनजीवनका साथै मुलुकको अर्थतन्त्रमा समेत प्रभाव पर्न थालेको बताइन् । उनले त्यसमा पनि उडड्यन र होटल क्षेत्रमा बढि प्रभाव पर्न थालेकाले ति क्षेत्रको लगानी सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

‘अन्य विभिन्न क्षेत्रसँगै अत्यन्त सम्भावना भएको पर्यटन क्षेत्र यसको प्रत्यक्ष शिकार बन्न पुगेको छ । साथसाथै खरवौ लगानी संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहान्छुु’, भटटराईले सरकारको ध्यानाकर्षण गराइन् । उनले कर्जा पुनतालिकीकरण गर्न पनि माग गदै पर्यटन क्षेत्रमा रहेका मजुदुर पलायन हुन नदिन आग्रह गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप