शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनालाई धक्का : ७ सय नेपाली सेना युएन मिसन जानबाट बञ्चित !

बिहीबार, २९ फागुन २०७६, १३ : ०६
बिहीबार, २९ फागुन २०७६

काठमाडौ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्र्तगत सुडान जान लागेका करिव सात सय नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको छ । 

शान्ति मिसनका लागि गत फागुन २५ गते नै त्यसतर्फ उड्नुपर्ने नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे । 

‘युएन हेडक्वार्टरले नै पत्र पठाएर तत्काललाई स्थगित गर्न भनेको छ । त्यसकारण तयारी अवस्थामा रहेपनि हामी पछि हट्न बाध्य भयौ’, प्रवक्ता शर्माले रातोपाटीसँग भने, ‘हाम्रा कारणले भन्दा पनि उतैबाट रोक्न भनिएपछि रोकिएको हो ।’

युएन हेडक्वार्टरले कोरोनाभाइरसको महामारी बाहेक अन्य कारण समेत देखाएर मिसन रोकेको सैनिक उच्च स्रोतले जनाएको छ । तर अन्य केकारण र कति समयलाई रोकेको हो भन्ने सेनाका अधिकारीहरुले खुलाएका छैनन् । 

प्रवक्ता पाण्डेले कोरोना कारण देखाएर मिसन रोकिएको दावी गरे पनि यसमा सेनाभित्रकै अन्य कारणहरुले पनि भूमिका खेलेको उच्च सैनिक स्रोतको दावी छ । जसले गर्दा युएनले यसअघि नेपाली सेनामाथि राखेको विश्वासमा ह्रास आएको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ । 

तर प्रवक्ता पाण्डे यस्ता घटना पहिला पनि हुँदै आएकाले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् । 

संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो देशमा पर्छ । 

हाल संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विभिन्न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् । जसमा नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरी जम्मा ५ हजा ६५८ जना सुरक्षाकर्मी कार्यरत रहेका छन् । 

जसमध्ये नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जना फौज विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ छन् ।

पहिलो पटक सन् १९५८ मा युनाइटेड नेसन मिसनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १ लाख २९हजार ८ सय ९९ जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् । जसमध्ये नेपाली सेनाका १ हजार ४ सय १ जना महिलाले सहभागिता जनाइसकेका छन् ।  हाल १ सय ८१ जना महिलाहरु विभिन्न मिसनहरुमा कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । 

यसअघि २०७३ मा पनि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका ३२ जना नेपाली शान्ति सैनिकलाई सुडानबाट फर्काइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप