सिद्धार्थ राजमार्ग १२ दिन बन्द हुँदै

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड करिब २ हप्ता बन्द हुने भएको छ । सो सडक खण्डमा पर्ने गौडेपुल झुम्सा खण्डको मोड सुधारका लागि यहि चैत १ देखि १२ गतेसम्म राजमार्ग अवरुद्ध हुने भएको हो । घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिक रुपमा भएपनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्ग पुनःस्र्थापना तथा स्तरोन्नती कार्यक्रमअन्तर्गत घुम्ति काट्न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ । चैत १ गतेदेखि १२ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।
दैनिक तीनपटक सडक बन्द हुने भएको हुँदा सो समयमा ट्राफिक नियमको पालना गरी सहयोग गरिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले आग्रह गरे ।
सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, पर्वत, गुल्मी लगायतका धेरै जिल्लामा दैनिक सयौँको संख्यामा सवारी साधन आवतजावत गर्छन् । यस सडकखण्डमा घुम्ती र पहिरोका कारण धेरैले ज्यान गुमाउनुपरेको छ । यहाँबाट दैनिक १ हजारभन्दा धेरै सवारी साधनको आवतजातव हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता