शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठूलो संख्यामा नेपाली कामदार कार्यरत कुवेत ‘लकडाउन’

बिहीबार, २९ फागुन २०७६, १२ : ५१
बिहीबार, २९ फागुन २०७६

कोरोनाभाइरसको प्रकोप गरेपछि कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । 

कुबेतको मन्त्रिपरिषदको बैठकले मार्च १२ देखि मार्च २६ सम्म ‘लकडाउन’ गर्ने निर्णय गरिएको कुवेत टाइम्सले जनाएको छ। 

 कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान बन्द गर्ने निर्णय गरेको सरकारले देशभर सार्वजनिक बिदा घोषण गरेको छ।

मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ । मल, रेष्टुरेण्ट र क्याफेमा पनि जम्मा हुन पाइने छैन भने जीमहरु, स्पोर्ट र हेल्थ क्लवहरु पनि बन्द गर्न निर्देशन दिइएको छ ।
नेपालीहरुको वैदेशिक रोजगारीको  गन्तव्य मुलुकमध्ये कुवेत पनि एक हो । कुवेतमा ७० हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप