यो हो संसारको सबैभन्दा ‘डरलाग्दो’ बिरालो, इन्स्टाग्राममा छन् २२ हजार बढी फलोअर्स
सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।
यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा डरलाग्दो छ । यो बिरालो स्विटजरल्याण्डको रुटी शहरमा बस्छ ।
जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइक्स पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।
लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो डरलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।
जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रिसाएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् ।
कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा