शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेतमा घाँस काटेको भन्दै निर्घात कुटपीट

बिहीबार, २९ फागुन २०७६, १० : १४
बिहीबार, २९ फागुन २०७६

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित खेतमा गएको आरोपमा एकजना अधबैँसे महिलालाई निर्घातरूपमा कुटपिट भएको छ। खेतमा प्रवेश गरी घाँस काटेको भन्दै फतुवा बिजयपुर वडा ८ बजारटोलका रामप्रवेस साहले बडहरवाटोलका फिदाहुसेनको श्रीमती ५० बर्षिया मोगलपानी खातुनलाई निर्घात कुटपिट गरेका हुन् ।

साहले हात तथा उखुको लौरो बनाएर आफ्नो दुवै हात, तिघ्रा र संवेदनशील अङ्गहरुमा समेत प्रहार गरेको पीडितले बताएकी छिन् ।

४ दिन अघि अरुकै खेतमा घाँस काटेर आउने क्रममा रामप्रवेस साहले जबरजस्ती मेरो खेतमा किन गइस् भन्दै भुइँमा लडाएर कुटपिट गरेको उनले बताइन् ।

घटनाबारे ईलाका प्रहरी कार्यालय विजयपुरमा उजुरी  दिँदा पीडकबाट सामान्य उपचार मात्र गर्न लगाएर उन्मुक्ति दिइएको पीडितको आरोप छ ।

यता, प्रहरी निरीक्षक चन्द्रकिशोर साहले घटनाबारे आवश्यक अनुसन्धान भैइरहेको बताएका छन ।

जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले महिला  कुटिएको घटनाबारे आफूले गम्भीरतापूर्वक लिएको र दोषी उम्कन नसक्ने विश्वास दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप