राष्ट्रिय स्वाधीनताका विषयमा फसाउन खोजियाे : पूर्वसभामुख महरा
बुधबार, २८ फागुन २०७६, २१ : ३२
पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन् ।
गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासगँको भेटमा महराले अदालतले आफूलाई दिएको सफाई नागरिकप्रतिको सम्मान भएको बताए ।
“मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो”, उनले भने, “म माथि झुठो आरोप लगाइयो ।”
महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढामगर, नेकपा नेता शिवराज नगरकमिटीलगागत पार्टी कार्यकर्ताले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
-
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
-
साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया