शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमितको संख्या १९ पुग्यो

बुधबार, २८ फागुन २०७६, १८ : २५
बुधबार, २८ फागुन २०७६

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९  पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएका छन् ,भने अरु तीन जना गिल्गीत बाल्टिस्तानमा र एकजना बालुचिस्तानका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रम भएको पुष्टि भएको छ । 

अर्का एकजना गत हप्ता पूर्ण निको भएर घर फर्किएका छन् । क्यानाडामा पनि थप ७ जना सङ्क्रमित भेटिएका छन् । यो सँगै कूल २९ पुगेको छ ।    श्रीलङ्का र टर्कीमा पनि कोरोनाका सङ्क्रमिक भेटिन थालेका छन् । अहिलेसम्म सङ्क्रमित नभेटिएका यी देशमा एक–एक जना सङ्क्रमित भेटिएको अधिकारीले जनाएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप