शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः राणा

बुधबार, २८ फागुन २०७६, १७ : ३९
बुधबार, २८ फागुन २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको दावी गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकता घोषणासभामा बोल्दै अध्यक्ष राणाले बहुदलीय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् । 

उनले भने, ‘अहिलेको सरकार बहुदलिय परिपाटीको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार छ । नेपाली जनताले सरकारलाई भारी बहुमत दिए । त्यो सरह अरु कसैले बहुमत बहुदलिय कालमा प्राप्त गरेको थिएन् ।

त्यो बहुमत प्राप्त सरकारले ठूलो काम गर्छ । विकासको क्षेत्रमा कायापलट गर्छ भन्ने नेपाली जनताको आश र भरोसा थियो । तर त्यसको प्रतिकुल सरकारले २ वर्षको अवधिमा जनताको आकांक्षा एकपछि अर्को गर्दै कुल्चियो ।’ 

अध्यक्ष राणाले न्यायालयलाई पार्टीको भर्तिकेन्द्र बनाएर जनतालाई कानूनी शासन पाउनु भनेको ‘कागले बेल पाकेको हे¥या जस्तै भयो’, भन्दै टिप्पणी गरे । उनले पार्टी एक भएर अगाडी बढ्नुपर्छ भन्ने जनताको माग बढेर आएकाले एकता सम्भव भएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप