इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको दावी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकता घोषणासभामा बोल्दै अध्यक्ष राणाले बहुदलीय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘अहिलेको सरकार बहुदलिय परिपाटीको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार छ । नेपाली जनताले सरकारलाई भारी बहुमत दिए । त्यो सरह अरु कसैले बहुमत बहुदलिय कालमा प्राप्त गरेको थिएन् ।
त्यो बहुमत प्राप्त सरकारले ठूलो काम गर्छ । विकासको क्षेत्रमा कायापलट गर्छ भन्ने नेपाली जनताको आश र भरोसा थियो । तर त्यसको प्रतिकुल सरकारले २ वर्षको अवधिमा जनताको आकांक्षा एकपछि अर्को गर्दै कुल्चियो ।’
अध्यक्ष राणाले न्यायालयलाई पार्टीको भर्तिकेन्द्र बनाएर जनतालाई कानूनी शासन पाउनु भनेको ‘कागले बेल पाकेको हे¥या जस्तै भयो’, भन्दै टिप्पणी गरे । उनले पार्टी एक भएर अगाडी बढ्नुपर्छ भन्ने जनताको माग बढेर आएकाले एकता सम्भव भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण