आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार प्रतिगमनतिर गयोः डा. प्रकाशचन्द्र लोहोनी

बुधबार, २८ फागुन २०७६, १७ : ३४
बुधबार, २८ फागुन २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप लगाएका छन् । 

बुधबार पार्टीको एकता घोषणासभामा बोल्दै अध्यक्ष लोहोनीले जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको आरोप लगाएका हुन् । 

‘अहिलेको सरकारले त्यसलाई दुरुपयोग गरेर, त्यसलाई लुटेर त्यसमा शोषण गर्ने त्यो आर्थिक प्रतिगमन हो । त्यसको विरुद्धमा आवाज उठाउन खोज्यो भने बन्देज गरेर मान्छेलाई बोल्न नदिने प्रयास भएको छ त्यो राजनीतिक प्रतिगमन हो’, उनले भने । 

अध्यक्ष लोहोनीले नेपाली जनताको स्रोत र साधन दोहोन गरेर पार्टी, समूह र व्यक्तिलाई बलियो बनाएर शासनमा बस्छु भन्ने धारणाले सरकार प्रतिगमनतिर गएको बताए । 

अध्यक्ष लोहोनीले हिन्दु धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको बताए । हिन्दु धर्मका नाममा जात, छुवाछुत, को तल को माथि भन्ने विकृतिहरु फैलिएको भन्दै त्यसलाई निर्मुल पार्न पार्टी एकता भएको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप