सर्वदलीय बैठकमा सहभागी भएनन् काँग्रेस सभापति देउवा

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध साझा धारणा बनाउन सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सरोकारवालाहरुको बैठक सुरु भएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी छन् । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन् ।
बैठकमा राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ सहभागी छन् । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी भएका छन् । संसदमा प्रतिधित्व गर्ने दलका शीर्ष नेता बैठकमा बोलाइएपनि काँग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी भएनन् ।
बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियनत्रणबारे कार्ययोजना पेश गर्नेछन् । सरकारका तर्फबाट पेश हुने उक्त कार्ययोजनामा सहभागी सवै दलका प्रतिनिधिहरुले सुझाव पेश गर्नेछन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम