लुम्बिनीले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्नुपर्छ : पर्यटनमन्त्री
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय जनताको जनजीवनमा सकारात्मक प्रभाव पार्न नसके लुम्बिनी हुनुको अर्थ नहुने बताएका छन् । लुम्बिनी विकास कोष परिषदको बैठकमा बोल्दै मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सकिएमात्रै लुम्बिनी हुनुको अर्थ हुने बताए । अब लुम्बिनी भनेर मात्रै नपुग्ने भएकाले बृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढेको उनले बताए ।
लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेहरुले कम्तिमा पनि ३ दिनदेखि हप्ता दिनसम्म बस्ने वातावरण भएमा त्यहाँका स्थानीयको आय शक्ति बढ्ने र रोजगारीको सिर्जना हुने उनले बताए । ‘बृहत्तर लुम्बिनी भयो भने मात्रै त्यहाँको आर्थिक, सामाजिक जीवनलाई लुम्बिनीले प्रभाव पार्छ । त्यहाँका स्थानीयको आय, क्रयशक्ति बढ्दैन, उनीहरुको उत्पादन बढ्दैन, उनीहरुले रोजगारी पाउँदैनन र कुनै पनि आर्थिक कृयाकलाप उहाँहरुसँग सम्बन्धित हुँदैन भने लुम्बिनी हुनुको मतलब हुँदैन् र स्थानीयले अपनत्ज गर्न सक्दैनन्’ उनले भने ।
मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा बृद्धी गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताए । लुम्बिनी क्षेत्रको भ्रमण र अध्ययन गर्न आउनेहरु आफुले चाहेजति समय त्यहाँ बस्न सक्ने र अध्ययन गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने उनले बताए । लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म