बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनमोहक वसन्त ऋतु, कंक्रिटको सहरमा रंगीचंगी फूल (फोटोफिचर)

बुधबार, २८ फागुन २०७६, १२ : १३
बुधबार, २८ फागुन २०७६

काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँका सडक आसपासमा रहेका बोटबिरुवामा पालुवा फिरेका छन् । पछिल्लो समय कंक्रिटको शहर भनेर चिनिएको काठमाडौँमा हरियालीको महत्त्व पनि बढ्न थालेको छ ।

सडक आसपास रहेका केही बोटबिरुवाले पालुवा फिरेसँगै राजधानीको सौन्दर्यसमेत बढाएका छन् । कोलाहल, भीडभाड तथा धुँवाधुलोबाट वाक्क भएका राजधानीबासीका लागि वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर, बंगलैबंगलाका बीचमा थोरै संख्यामा भए पनि मनै लोभ्याउने गरी फूलेका यी फूल आफैँ वसन्त ऋतुका ज्वलन्त उदाहरण हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप