मनमोहक वसन्त ऋतु, कंक्रिटको सहरमा रंगीचंगी फूल (फोटोफिचर)
बुधबार, २८ फागुन २०७६, १२ : १३
काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै काठमाडौँका सडक आसपासमा रहेका बोटबिरुवामा पालुवा फिरेका छन् । पछिल्लो समय कंक्रिटको शहर भनेर चिनिएको काठमाडौँमा हरियालीको महत्त्व पनि बढ्न थालेको छ ।

सडक आसपास रहेका केही बोटबिरुवाले पालुवा फिरेसँगै राजधानीको सौन्दर्यसमेत बढाएका छन् । कोलाहल, भीडभाड तथा धुँवाधुलोबाट वाक्क भएका राजधानीबासीका लागि वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर, बंगलैबंगलाका बीचमा थोरै संख्यामा भए पनि मनै लोभ्याउने गरी फूलेका यी फूल आफैँ वसन्त ऋतुका ज्वलन्त उदाहरण हुन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण