बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको युद्ध जित्दै चीन : ऊहानमा खोलिएका सबै १६ अस्थायी अस्पताल बन्द

बुधबार, २८ फागुन २०७६, ११ : ४१
बुधबार, २८ फागुन २०७६

एजेन्सी । नोबल कोरोनाभाइरस प्रकोपबाट सबैभन्दा प्रभावित ऊहानले  सहरका सबै १६ अस्थायी अस्पताल बन्द गरेको छ । सोमबार दिनभर ऊहानमा १७ नयाँ विरामी मात्र भेटिएका थिए । जबकि एक महिना अघि फेब्रुअरी ९ मा सो सहरमा एक दिनमा १९२१ विरामी भेटिएका थिए ।

केन्द्रीय चीनको हुबेइ प्रान्तमा रहेको ऊहान सहरमा निर्माण भएका अधिकांश अस्थायी अस्पताल विगतका प्रदर्शनीस्थल वा रङ्गशालाजस्ता सावर्जनिक स्थललाई रुपान्तरण गरिएका थिए । तिनमा हल्का लक्षण देखिएका विरामीलाई उपचार गराउन प्रयोग गरिएको थियो । स्थानीय निकायका अनुसार, मंगलबार अन्तिम दुई अस्थायी अस्पताल बन्द गरिएको थियो । ऊहानका अस्थायी अस्पतालहरुले सबै गरेर १२ हजार बिरामीलाई हेरचाह गरेको प्रशासनले बताएको छ ।

चीनभरबाट आएका आठ हजारभन्दा बढी चिकित्सकीय स्टाफ संक्रमितको उपचारमा खटिएका थिए । ‘अस्थायी अस्पतालको गठनले धेरै बिरामीलाई उपचार गर्ने र संक्रमणको स्रोतलाई नियन्त्रण गर्ने जुन उद्देश्य लियो, त्यसमा सफलता हासिल गरेको छ,’ ऊहान युनियन अस्पतालका प्रमुख हु युले भने ।  

वुच्याङ्ग होङशान रंगशालाबाट मङ्गलबार दिउसो ३ः३० मा अस्थायी विरामीको अन्तिम ब्याच डिचार्ज भए । अन्तिम व्याचमा ४९ विरामी थिए । उक्त रंगशाला सुरुमा अस्थायी अस्पतालमा रुपान्तरण गरिएका तीन सार्वजनिक स्थलमध्ये एक थिए ।

ऊहानको प्रशासनले फेब्रुअरी ३ मा उक्त घोषणा गरेको थियो । त्यो दिन ऊहानमा १२४२ नयाँ संक्रमितको पहिचान भएको थियो । अस्थायी अस्पतालले फेब्रुअरी ५ मा विरामी लिन थालेका थिए । ३५ दिने संचालन अवधिमा झण्डै ८६० चिकित्सकीय कमदारले त्यस अस्थायी अस्पतालमा विरामीको हेरचाह गरे ।

सुरुका दिनमा अस्पतालमा स्रोतको अभावदेखि विरामीबाट अविश्वाससम्मको चुनौती खडा भएको थियो । ‘तर ६ दिनपछि नै अस्पतालले पहिलो ब्याचका विरामीको डिस्चार्ज ग¥यो । त्यस सफलताले विरामी र स्वास्थ्य अधिकारी दुवैको आत्मविश्वास बढ्यो,’ वुच्याङ अस्थायी अस्पतालका सहायक निर्देशक छु जुनमेईले भने ।

अस्थायी अस्पतालबाट विरामी डिस्चार्ज हुने क्रम बढेपछि मार्च ३ मा हुवेई प्रान्तले प्रान्तका अस्थायी अस्पताल बन्द गर्दै जाने बताएको थियो । सबैभन्दा धेरै विरामीलाई हेरेको र सबैभन्दा धेरै विरामी उपचार गराएर घर फर्काएको जिनघान अस्थायी अस्पताल पनि सोमबार बन्द गरियो ।

विश्व स्वास्थ संगठनले अघिल्लो महिना एक रिपोर्टमा चीनको ‘कठोर कदम’ले ‘प्राणघातक महामारीको तीव्र विस्तारको मार्ग बदलेको’ बताएको थियो । ‘एक अज्ञात भाइरसको प्रकोपमाझ चीनले इतिहासकै सबैभन्दा महत्वकांक्षी, आक्रमक रोग नियन्त्रण प्रयास थाल्यो ,’ रिपोर्टमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप