शेयरबजार कोरोना सन्त्रासमा, ६ प्रतिशतले घट्यो नेप्से

कोरोना भाइरसको त्रास विश्व शेयरबजारमा देखिएसँगै नेपाली शेयरबजारमा पनि मंगलबार पहिरो गयो । लगानीकर्ता आत्तिँदा शेयर विक्रीमा दबाब पर्यो र मागको दाँजोमा आपूर्ति निकै बढेपछि बजार ओरालो लागेको थियो ।
कारोबार शुरु भएको पहिलो १ घण्टा नबित्दै नेप्से परिसूचक ४ प्रशितशतले घट्दा नकारातमक सर्किट लागी २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि लगानीकर्ताले विक्रीको आदेश बढाए । कारोबार खुलेपछि ५ प्रतिशतले परिसूचक घट्यो र ४० मिनेटका लागि कारोबार रोक्का गरिएको थियो । २ घण्टा १३ मिनेट (अर्थात् १ बजेर १३ मिनेट) मा बजार ६ प्रतिशतले घटेपछि बाँकी अवधिको कारोबार स्थगित भएको थियो । यस दिन नेप्से परिसूचक ८६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव शून्य २ प्रतिशत घटेर १ हजार ३४९ दशमलव ३१ विन्दुमा बन्द भएको थियो ।
नेपाल स्टक हाउसका ब्रोकर इश्वरी रिमालले संसारको शेयरबजारमा त्रास फैलिएको कोरोनाकै कारण नेपालको शेयरबजारमा पनि त्रास देखिएको बताए । रिमालका अनुसार दैनिक रु ३०–४० करोडको कारोबार भइरहेको बजारमा रु. ४÷५ अर्बको कारोबार हुनु भनेको क्षमताभन्दा बढीको कारोबार हो ।
यो खबर आजको अभियान राष्ट्रिय दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ
-
कार बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु
-
शिक्षकहरु आन्दोलन स्थगित गर्नुस्, विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिमा सघाउनुस् : डा. महत
-
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
-
आन्दोलनरत शिक्षकहरूलाई पालिकाले भन्यो, ‘१४ गतेदेखि पढाउन आउनु, नत्र राजीनामा दिएर जानु’