शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदीय टोली र युएईको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच भेटवार्ता

मङ्गलबार, २७ फागुन २०७६, २२ : ०८
मङ्गलबार, २७ फागुन २०७६

युएई भ्रमणमा रहेका संसदीय टोलीले युएईको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग भेट गरेका छन्।

युएईमा कार्यरत नेपाली कामदारहरूको स्थलगत अध्ययन गर्ने उद्देश्यले युएई भ्रमणमा रहेको संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवको नेतृत्वको टोलीले संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग भेट गरेकाे हाे।

भेटघाटमा सभापति श्रीवास्तवले युएईमा नेपाली कामदहरूको हित र नेपाल युएई द्विपक्षीय सम्बन्धमा  छलफल गरेको नेपाली दुताबास आबुधावीले जनाएको छ।

उक्त भेटमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक र युएईका लागि नेपाली राजदूत म कृष्णप्रसाद ढकालको समेत उपस्थिति थियो ।

१० दिन पहिले खाडी मुलुक भ्रमणमा निस्केको संसदीय टोली ओमन, साउदी अरब पछि युएई आएका थिए। युएईमा रहँदा उनीहरुले यहाँ कार्यरत नेपाली समुदायका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए।उक्त टोली आज स्वदेश फर्किसकेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप