बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका ६ फिल्म, जसमा थिए अभिनेत्री हिरो

मङ्गलबार, २७ फागुन २०७६, १९ : ४७
मङ्गलबार, २७ फागुन २०७६

मुम्बई । केही वर्ष अगाडिसम्म बलिउडमा पुरुष प्रदान फिल्मको दबदवा रहेको थियो । तर पछिल्लो केही समययता बक्स अफिसमा महिला प्रदान फिल्मले पनि निकै सफल हासिल गरेका छन् । जुन फिल्म चलाएको श्रेय अभिनेत्रीमा गएको थियो । आज ती ट फिल्मको चर्चा गर्न खोजिएको छ ।  जुन फिल्ममा अभिनेत्री नै हिरो सावित भएका थिए ।

मिशन मंगल :
भारतीय अन्तरिक्ष अनुसन्धान संगठका वैज्ञानिकको एक टोलीको विषयमा बनेको यो फिल्ममा विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिंह, निथ्य मेनन र कीर्ति कुल्हारी मुख्य भूमिकामा थिए । अक्षयकुमारको समेत महत्वपूर्ण भूमिका रहेको फिल्मले १९२ करोड आम्दानी गर्न सफल भएको थियो ।

राजी:
अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ मा सर्वश्रेष्ठ प्रदर्शन गरेकी थिइन् । २०१८ यो थ्रिलर फिल्ममा आलिया जासुसको भूमिकामा थिइन् । मेघना गुलजारको निर्देशन रहेको फिल्मले बक्स अफिसमा १२२ करोड कमाउन सफल भएको थियो ।

मर्णिकर्णिका : 
कंगना रनावत अभिनित यो फिल्मले पनि बक्स अफिसमा राम्रो व्यवसाय गरेको मानिएको छ । यसमा कंगनाको भूमिका रानी लक्ष्मी बाईको थियो । उनको भूमिकाको धेरैले तारिफसमेत गरेका थिए । फिल्मले बक्सअफिसमा ९० करोड आम्दानी गर्यो ।

कहानी :
विद्या बालन अभिनित फिल्म कहानी २०१२ मा रिलिज भएको थियो । यसमा बालनको सर्वश्रेष्ठ प्रदर्शन समेत थियो । फिल्ममा उनले आफ्नो पतिको हत्याराको खोजीमा रहेकी एक गर्भवती महिलाको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म र उनको भूमिकाको दर्शकले खुलेरै तारिफ गरेका थिए ।

पीकु : 
दीपिका पादुकोणको मुख्य भूमिका रहेको पीकुमा अमिताभ बच्चन र इरफान खान पनि मुख्य भूमिकामा रहेका थिए । सन् २०१५ मा रिलिज यो फिल्मले ७८ करोड कमाउन सफल भएको थियो ।

नीरजा :
सोनम कपुरले यो फिल्ममा नीरजा भनोट एयरहोस्टेसको भूमिका निर्वाह गरेकी थिइन् । जुन भूमिकाबाट उनले दर्शकको मनसमेत जित्न सफल भइन् । फिल्मले ७१ करोड आम्दानी गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप