शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नबिल बैंकका ग्राहक तथा कर्मचारीलाई टेस्ला डाईगोनोस्टिक क्लिनिकमा बिशेष छुट

मङ्गलबार, २७ फागुन २०७६, १५ : ३३
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं– नबिल बैंक र टेस्ला डाईगोनोस्टिक बीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका विभिन्न सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् । 

सम्झौतामा क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकका कार्ड शाखा प्रमुख सनत पौडेलले हस्ताक्षर गरे ।

सम्झौतासगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा  बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा  क्लिनिकले सहकार्य गर्ने भएको छ । 

बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्देश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप