‘होलीमा अपाच्य गीत’

सिरहा । पहिला पहिला तराई मधेसमा होलीमा गाउँभरका मानिसहरु एक ठाउँमा जम्मा भएर होरी, जोगिरा जस्ता गीत गाइने गरेपनि पछिल्लो समय त्यस्ता गीत कमैमात्र सुनिन थालेको भन्दै समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
‘अहिले त्यस्ता पुराना गीत गाउन त परै जाओस् सुन्न पनि छोडिएको छ’,अभियन्ता श्याम कूमारी साहको भनाइ छ ।
‘पहिलापहिला होलीमा ‘राम खेले होली, लक्ष्मण खेले होली, आ लंकामे रावण खेले होली’ जस्ता गीतहरु गाउँगाउँमा गुञ्जिन्थे, उनले भने, तर आजभोलिका होली गीतमा अपाच्य शब्दहरु प्रयोग हुने गरेका छन् । डीजे बजाएर हाम्रा परम्परागत होली गीत लोप हुँदै गइरहेका छन् ।’
यसैवीच सिराहामा मंगलबार बिहानैदेखि सिरहाका ग्रामीण क्षेत्रका साथै सदरमुकाम, लहान, गोलबजार लगायतका स्थानमा होली पर्व उत्साहका साथ मनाएको रातोपाटीका सिराहा सम्वाददाता रामभरोसी यादवले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीमा डुबेर दुई दिदी-भाइ बेपत्ता
-
अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले
-
प्रियांशको शतक, चेन्नाईसामु २ सय २० रनको लक्ष्य
-
बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो
-
भिरबाट खसेको ढुङ्गाले लागेर एक्साभेटर चालक सुकबहादुरको मृत्यु
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह