‘देउवाको विकल्पमा पहिलो म नै हो’
काठमाडौँ । नेपाली काँग्रेसमा लामो समयदेखि वरियताका लागि सङ्घर्ष गरिरहेका गोपालमान श्रेष्ठलाई १७ फागुनबाट सन्तोषको सास फेर्ने अवस्था बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको विरोधका बाबजुत सभापति शेरबहादुर देउवाले पार्टीको महत्त्वपूर्ण मानिने सङ्गठन विभाग प्रमुखको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएका छन् । पार्टी पूर्व पदाधिकारीमा आफू सबैभन्दा वरिष्ठ भएको श्रेष्ठको दाबी रहँदै आएको छ । देउवा नेतृत्वको तत्काली काँग्रेस प्रजातान्त्रिकमा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै एकीकृत काँग्रेसको उपसभापति बनिसकेकाले उनी वरिष्ठ नेताको दाबी राख्छन् । सभापति देउवाले आफूलाई आश्वासन दिएको तर पूरा नगरेको श्रेष्ठको गुनासो सुनिन्छ । पार्टीभित्रको विरोधका बीच सङ्गठन विभागको काम कारबाही कसरी अगाडि बढ्छ, अब वरियताको लडाइँ सकिएको हो र संस्थापन पक्षमा देउवाको उत्तराधिकारी को भन्ने विषयको पेरिफेरीमा रहेर श्रेष्ठसँग गरेको कुराकानी प्रस्तुत छ :
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बाबजुत सभापति शेरबहादुर देउवाले पार्टीका २० केन्द्रीय विभाग प्रमुख तोक्नुभयो । त्यसमा तपाईंले सङ्गठन विभागको जिम्मेवारी पाउनुभएको छ । अब कसरी अघि बढ्ने योजना बनाउँदै हुन्छ ?
पार्टीका विभागहरु धेरै पहिले बन्नुपथ्र्यो । सभापतिजीले सहमतिमै अगाडि बढ्छु भन्दा यति समय वित्यो । विशेषत रामचन्द्रजीसँग सहमतिका लागि कोसिस गर्नुभयो । रामचन्द्रजीसँग विभाग प्रमुखको नाम माग्दा उहाँले दिन्छु दिन्छु भन्दै यहाँसम्म पुर्याउनुभयो । हप्ता दिन, दुई महिना भन्दाभन्दै ४ वर्ष बित्न लाग्यो । तर मैले त सभापतिजीलाई बीच बीचमा भन्दै आएको थिएँ, तपाईं साथीहरुको सहमतिबाट गर्छु भन्नुहुन्छ । साथीहरुले तपाईंलाई सहयोग गरेको मैले देखेको छैन । तपाईंको अधिकार हो । आफ्नो अधिकार भित्रका कामहरु गरिहाल्नुहोस् । होइन भने भोलि शेरबहादुरले आफ्नो कार्यकालमा काम गर्नसक्नु भएन । उहाँ असक्षम सभापति हो भनेर प्रमाणित गर्न खोजिँदैछ भनेर भनेको थिएँ । समयमै पार्टीका सबै साथीहरुलाई एउटै बास्केटमा राखेर निर्णय लिएको भए राम्रो हुने थियो ।
अन्तिमा पनि उहाँले रामचन्द्रजीसँग नाम माग्न उपसभापति विमलेन्द्र निधिजीलाई पठाउनुभयो । सभापतिजीले फोन गरेर ‘पौडेलजी म विभाग गठनको अन्तिम चरणमा पुगेको छु । तपाईंको तिरबाट नाम दिनुपर्याे’ भन्दा ‘केही दिनपछि दिन्छु’ भन्नुभयो । त्यसबाट उहाँको उद्देश्य बुझियो नि ।
अनि सभापतिजीले रामचन्द्रजीलाई ‘तपाईंका साथीहरुलाई दिने विभाग बाँकी राखेर निर्णय लिन्छु’ भन्नुभयो । ढिलै भए पनि सभापतिजीले ४७ वटा विभागमध्ये दुई चरणमा गरी २० वटा विभाग विभाग प्रमुख बनाउनुभयो ।
केही आफ्ना र केही उहाँका मान्छेका लागि २७ वटा विभाग बाँकी नै राख्नुभएको छ । त्यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु । अब रामचन्द्रजीले साथीहरुको नाम लिएर सहयोग गर्दा राम्रो हुन्छ ।
किन भने सबै विभाग गठन हुँदा २४ सयभन्दा बढी साथीले जिम्मेवारी पाउनुहुन्छ । अब म सङ्गठन प्रमुखको रूपमा रामचन्द्रजीसँग सल्लाह गरेर अगाडि बढ्छु । मैले यो १ वर्षको समयलाई उपयोग गर्नुभयो भने । पार्टी सङ्गठलाई चुस्त–दुरुस्त अगाडि बढाउने मेरो लक्ष्य छ ।
काँग्रेस आई, भारतीय जनता पार्टीमा सर्वसम्मत जिम्मेवारी दिने प्रचलन छ । हाम्रोमा त्यस्तो छैन । चुनावमा प्रतिस्पर्धा गरेर सभापति भएकालाई काम गर्ने मार्गप्रशस्त गर्नुपर्छ । त्यो भएन भने सभापतिले बहुमतका साथीहरुको साथ लिएर अगाडि बढ्दा हामीले अन्यथा लिनु हुँदैन ।
संस्थापन पक्षमा सङ्गठन विभागमा नेताहरु बालकृण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीलगायते दाबी गरेका थिए । सबैलाई उछिन्दै तपाईं जिम्मेवारी पाउन सफल हुनुभएको छ । उतातिर पौडेल पक्षले विभाग गठनलाई मान्यता नदिने बताएको छ । यो बीचमा काम गर्न कति चुनौती छ ?
–म पार्टीमा सर्वस्वीकार्य व्यक्तित्व हुँ जस्तो लाग्छ । किनभने म शेरबहादुर र रामचन्द्रजीको पुस्ताको मान्छे हुँ । यो पुस्तामा म एक, दुई, तीनभित्र पर्छु । को कहाँ पुग्छ भन्ने कुरा त माथिबाटै ल्याएर आउनुपर्दो रहेछ । अर्को कुरा मेरो विभागमा जोडबल होइन । मैले विभाग प्रमुख केहिल्यै मागेको थिइनँ । मैले मागेको उपसभापति थियो । त्यो नभएपछि मैले वरिष्ठ नेताको पद मागेको थिएँ । तर सभापतिजीलाई विशेष अप्ठ्यारो परेपछि म यहाँ आइपुगेको हुँ । धेरै साथीहरु आकाङ्क्षी थिए । सभापतिजीले भन्नुभयो, ‘गोपालमानजी वान, टू, थ्री गर्दा एउटै समकालीन साथीहरुको दाबी भयो । एकलाई दिँदा अर्कोलाई विभेद गरेको जस्तो देखिने भयो । तपाईंले जिम्मेवारी लिदिनुभयो भने यताको समस्या पनि सकिन्छ । तपाईंलाई फेरि दुवै पक्ष मान्छ पनि ।’ मलाई दुवैतिरका साथीहरुले सम्मान पनि गर्नुहुन्छ ।
तपाईंलाई पार्टीभित्र आदर गर्ने कुरा एउटा होला तर पौडेल पक्षले सभापतिले विधान विपरीत बनाएकाले विभाग गठन मान्दैनौँ भनिरहेको छ नि ?
–रामचन्द्रजीलाई रातोपाटीमार्फत आग्रह गर्न चाहन्छु, यो किचकिच गर्ने बेला होइन, हलो अड्काएर गोरु पिट्ने बेला होइन । कम्युनिस्ट सरकारको बदमासीविरुद्ध लड्ने बेला हो । यो बेला हामी सबै एक ठाउँमा उभिनुपर्छ । म उहाँहरुलाई समेटेर अगाडि बढ्ने कुरामा लागिपर्छु । हाम्रोमा सर्वसम्मत सभापति चुनिदैन । हिन्दुस्थानमा चुनाव हुँदैन ।
काँग्रेस आई, भारतीय जनता पार्टीमा सर्वसम्मत जिम्मेवारी दिने प्रचलन छ । हाम्रोमा त्यस्तो छैन । चुनावमा प्रतिस्पर्धा गरेर सभापति भएकालाई काम गर्ने मार्गप्रशस्त गर्नुपर्छ । त्यो भएन भने सभापतिले बहुमतका साथीहरुको साथ लिएर अगाडि बढ्दा हामीले अन्यथा लिनु हुँदैन ।
तपाईंले बहुमतको कुरा गरिरहँदा वरिष्ठ नेता पौडेलले सभापति देउवाले आर्थिक लेनदेनमा पद बाँढे भनेर आरोप लगाइरहनुभएको छ नि ?
काँग्रेसको केद्रीय सदस्यले पैसा तिरेर विभाग प्रमुख बने भन्नु उहाँको निकृष्ट कुरा हो । रामचन्द्रजी जस्तो मान्छे यस्तो कुरा बोल्ने ? उहाँले मुख समालेर बोल्नुपर्छ । बोल्न पाएँ भनेर जे पनि बोल्ने ? त्यस्तो कुरा गर्न सरम लाग्दैन ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापतिले विभाग गठन र केन्द्रीय सस्दय मनोनय गरेर चुनावी आचारसंहिता ख्याल गरेका पाइँदैन नि ?
यहाँ कुनै आचारसंहितको कुरा छैन । पार्टीको हितको लागि काम गर्ने हो । पार्टी मजबुत बनाउने हो । सङ्गठनलाई ग्रासरुटसम्म पुर्याउने हो ।
यस्तै विभाग गठनको विषयलाई लिएर पौडेलले सभापति देउवा व्यक्तिवादी बनेको आरोप लगाउनुभएको छ । एउटा समूहसँग सम्झौता नगरी व्यक्ति चोर्ने काम गरेको त देखियो नि ?
सभापतिले विभाग प्रमुख तोक्नुभएको २० जनामा पनि विगतमा चुनाव लडेका सबै समूहका नेता समेटिएका छन् । रामचन्द्रजीकै सिफारिसबाट मात्र नाम आउनुपर्छ भन्ने हो भने एउटा कुरा भयो । सभापतिले त कृष्णप्रसाद सिटौलाजीका मान्छलाई पनि समेट्नुभएको छ ।
पार्टी सभापतिजीले आफ्ना पार्टीका कार्यकर्तालाई जिम्मेवारी दिँदा चोर्यो भन्ने ? सबै आफू–आफू नेता हुँदा रामचन्द्रजीले आफ्नो समूह कन्ट्रोल गर्न सक्नु भएको छैन । उहाँ एकतिर हुनुहन्छ, अर्कोतिर महामन्त्री शशांकजी हुनुहुन्छ, शेखरजी हुनुहुन्छ, प्रकाशमानजी हुनुहुन्छ । अस्तिसम्म सिटौलाजी पनि हुनुहुन्थ्यो । समूहलाई कन्ट्रोल गरेर नाम दिन नसक्ने पार्टीका कार्यकर्तालाई जिम्मेवारी दिँदा आपत्ति जनाएर हुन्छ ।
रामचन्द्रजीले फेरि पनि नाम नदिएपछि त उहाँसँग निकट भएका साथीहरुसँग राय लिएर जिम्मेवारी दिन्छौँ । कि त उहाँहरु काँग्रेसका कार्यकर्ता होइनन् भन्नुपर्यो ।
पार्टी सभापतिजीले आफ्ना पार्टीका कार्यकर्तालाई जिम्मेवारी दिँदा चोर्यो भन्ने ? सबै आफू–आफू नेता हुँदा रामचन्द्रजीले आफ्नो समूह कन्ट्रोल गर्न सक्नु भएको छैन । उहाँ एकतिर हुनुहन्छ, अर्कोतिर महामन्त्री शशांकजी हुनुहुन्छ, शेखरजी हुनुहुन्छ, प्रकाशमानजी हुनुहुन्छ । अस्तिसम्म सिटौलाजी पनि हुनुहुन्थ्यो । समूहलाई कन्ट्रोल गरेर नाम दिन नसक्ने पार्टीका कार्यकर्तालाई जिम्मेवारी दिँदा आपत्ति जनाएर हुन्छ ।
सिटौला अस्तीसम्म पौडेल समूहमै थिए भन्नुभयो । यतिबेला सिटौला देउवा समूहमा आइपुग्नुभयो हो ?
–सिटौलाजीको भावना हामीले समेटेका छौँ । यता–उता यस्तै त हो नि ?
सङ्गठन विभागको जिम्मेवारी पाइसकेपछि पौडेल पक्षका प्रमुख नेताहरुसँग कुराकानी भयो ?
मैले कुरा गर्ने मौका पाएको छैन । उहाँहरु अहिले तातिरहनु भएको छ । रामचन्द्रजी र म त एउटै प्रदेशको हो । जिल्ला पनि जोडिएको छ । उहाँका साथै प्रकाशमानजी महामन्त्रीजी र शेखरजीसँग अब कुरा गर्छु । सहमतिबाटै अगाडि बढ्छु ।
विगतको जिम्मेवारी र अनुभवका आधारमा देउवाको विकल्प भनेर हेरिएको पाइन्छ । देउवाको विकल्पका रूपमा उत्रिने तयारी के छ ?
–विगतको मेरो जिम्मेवारी र अनुभवको कुरा गर्दा नेपाली काँग्रेस प्रजातान्त्रिक हुँदा तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुरजीलाई जेलमा हाल्यो । त्यसपछि म करिब २ वर्ष कार्यकारी अधिकारसहित काँग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर ज्ञानेन्द्रको निरङ्कुशविरुद्ध अन्दोलनको नेतृत्व गर्दै पार्टी हाँकेको थिएँ ।
त्यस्तो बेलामा पनि पार्टीको ११औँ महाधिवेशन भव्यताका साथ सम्पन्न गरेर मैले शेरबहादुरजीलाई पुनः सभापतिमा सर्वसम्मत चयन गराएको थिएँ । तर साथीहरुको सहमतिबिना शेरबहादुरजीको विकल्प हो भनेर घोषणा गर्दिनँ । शेरबहादुरजीले गोपालमानजी म विश्राम लिन्छु, अब तपाईं अगाडि बढ्नुहोस भनेपछि म तयार हुन्छु । साथीभाइको अभिमतबाट के आउँछ त्यही हुन्छ । साथीभाइले यस पटक शेरबहादुरलाई नै सभापति बनाऊँ भन्ने मत आयो भने म विपक्षीमा देखिन्न । साथीहरुको सहमतिबिना आफ्नो गृहजिल्ला पुगेर वा पत्रकार सम्मेलन गरेर वा कसैको उक्साहटमा म सभापति हो भनेर घोषणा गर्दैन ।
रामचन्द्रजीको समूहमा जस्तो हाम्रोमा नेतृत्वको लागि त्यस्तो झन्झट छैन ।
जेलमा रहेका सभापतिको विरुद्धमा म चुनाव लडेर सभापति हुन चाहन्न । उहाँले मलाई विश्वास गरेर कार्यवाहकको जिम्मेवारी दिनुभएको हो भन्ने मान्छे म । शेरबहादुरजी नलड्ने परिस्थिति आयो र उहाँले ‘गो–अहेड’ भनेपछि सभापतिका लागि तयार हुन्छु । यो समूहमा देउवाको विकल्पमा पहिलो म नै हो ।
संस्थापन पक्षमा पछिल्लो समय उपसभापति निधिले देउवाको विकल्पका रूपमा आफूलाई प्रस्तुत गरेको पाइन्छ । तपाईंको आन्तरिक गृहकार्य के छ भन्न खोजेको हो ?
–उपसभापतिजीले म सभापतिको दाबेदारको भनेको सुनेको छैन । उहाँले सभापतिमा इच्छा राख्नु स्वाभाविक पनि हो । म पनि कार्यवाहक सभापति भइसकेको मान्छे आन्तरिक तयारी मैले पनि गरिरहेको छु । साथीहरुले अवश्यक ठाने भने सभापति बन्न तयार छु । जस्तो अहिले म सङ्गठन विभाग प्रमुख बन्न खोजिरहेका थिएन । पार्टीलाई आवश्यकता पर्यो । अब सङ्गठन विभाग प्रमुखको हैसियतले म देशभर घुम्छु ।
साथीभाइसँग भेटघाट गर्छु । त्यो क्रममा साथीहरुले गोपालमानजी तपाईंसँग अनुभव छ । तपाईंसँग भिजन छ । सभापति बन्नुपर्छ भनेको खण्डमा सोचौँला । साथीहरुले ११औँ महाधिवेशनका बेला केही साथीहरुले मलाई ‘जेलमा भएको शेरबहादुरलाई सर्वसम्मत सभापति बनाउन किन लागिराख्नुभएको छ भनेर भन्नुभएको थियो । तपाईं आफै बन्नुहोस् । के गर्नुपर्यो ? कस्तो सहयोग गर्नुपर्यो ? हामी गर्छौं भन्नुभएको थियो ।’ मैले भने त्यो बेइमानी मबाट हुँदैन ।
जेलमा रहेका सभापतिको विरुद्धमा म चुनाव लडेर सभापति हुन चाहन्न । उहाँले मलाई विश्वास गरेर कार्यवाहकको जिम्मेवारी दिनुभएको हो भन्ने मान्छे म । शेरबहादुरजी नलड्ने परिस्थिति आयो र उहाँले ‘गो–अहेड’ भनेपछि सभापतिका लागि तयार हुन्छु । यो समूहमा देउवाको विकल्पमा पहिलो म नै हो ।
तपाईंले उहाँलाई जेलमा हुँदा पनि सभापति बनाउनुभयो । तर १३औँ महाधिवेशनमा उपसभापति बनाउने वाचा गरेका सभापति देउवाले वाचा पूरा गरेको देखिएन नि ?
उहाँले मलाई १२औँ महाधिवेशनमा पनि उपसभापति बनाउने वाचा गर्नुभएको थियो ।
त्यसमा उहाँ हार्नुभयो । १३औँमा गरेका वाचा किन पूरा गर्नुभएन भनेर उहाँसँग सोध्दा राम्रो हुन्छ । उपसभापति दिन नसक्ने अवस्था आउँदा मलाई वरिष्ठ नेता दिनुपर्यो भनेको हुँ । तर उहाँले आफूसँग चुनाव हारेकालाई वरिष्ठ नेता बनाउनुभयो ।
तर मलाई पनि वरिष्ठ नेता बनाउँदिन भन्नु भएको छैन । उहाँलाई मेरो गुन तिर्ने ठाउँ छ । मलाई वरिष्ठ नेताको पद दिन माग गरिरहेको छु । म एउटा विज्ञप्तिको पर्खाइमा छु ।
अब त वरिष्ठ नेताभन्दा पनि सभापतिमा सहयोग गर्नुपर्यो भन्ने बेला आएन र ?
म आफै जान्ने भएर अब तपाईं नलड्नुहोस् । मलाई छोड्नुहोस् भनेर भन्दा पनि सबै साथीहरुले शेरबहादुरजी अब तपाईं छोड्नुहोस् । गोपालमानलाई दिनुहोस् भन्ने परिस्थिति आयो भने एउटा कुरा हो अथवा स्वयं सभापतिजीले ‘गोपालमनजी तपाईंले मलाई लामो साथ दिनुभयो । अब तपाईंलाई सभापतिका लागि म साथ दिन्छु’ भन्नुभयो भने गोपालमान पछि हट्दैन ।
सभापति देउवासँग तपाईंको अत्यन्तै निकट सम्बन्ध रहेको देखिन्छ । अन्तरङ्ग कुराकानीमा तापईंलाई सभापतिका लागि अगाडि सार्ने कुरा गर्नुभएको छ ?
–अहिलेसम्म त्यस्तै कही पनि कुराकानी भएको छैन ।
त्यसो भए देउवा सभापतिमा दोहोरिन चाहे भने तपाईंको स्थान कहाँ हुन्छ ?
–अहिले पार्टी विधानले २ जना उपसभापति निर्वाचनबाट आउनुपर्ने व्यवस्था गरेको छ । दुई मध्येको एउटा उपसभापतिको उम्मेदवार मै हुन्छु ।
तत्कालीन एमालेलाई मधेसमा प्रवेश गर्न नै कठिन थियो । त्यो अवस्थामा तत्कालीन एमाले सरकारमा रहिरहेका भए संविधानको पूर्ण कार्यान्वयन सम्भव नै थिएन । काँग्रेस र तत्कालीन माओवादीबीच बनेका दुईवटा संयुक्त सरकारले तीन तहको निर्वाचन गराए । तर हामी चुनावमा नराम्रोसँग हार्यौं ।
तपाईंले सभापतिलाई पार्टीको एउटा तप्का असफल बनाउनतिर लागेको बताउनुभयो । त्यसका बुबजुत सभापतिको नियमिति ४ वर्षे कार्यकाल कस्तो रह्यो ?
–उहाँहरुले पार्टीभित्र मूल भ्रातृ सङ्गठन नेविसङ्घ, महिला सङ्घ र तरुण दलको महाधिवेशन गराउनु ठूलो उपलब्धि हो । पार्टीभित्र सबै पक्षलाई मिलाएर जाने कुरामा उहाँ कुसल देखिनुभयो ।
यता राष्ट्रिय राजनीतिमा पनि सबै पक्षलाई एक ठाउँमा ल्याएर संविधानको सफल कार्यान्वयन गरेर आफ्नो क्षमता देखाउनुभयो । उहाँले तत्कालीन एमाले र माओवादी केन्द्र बीचको सत्ता साझेदारी नतोडेका भए संविधान कार्यान्वयन हुने नै थिएन ।
तत्कालीन एमालेलाई मधेसमा प्रवेश गर्न नै कठिन थियो । त्यो अवस्थामा तत्कालीन एमाले सरकारमा रहिरहेका भए संविधानको पूर्ण कार्यान्वयन सम्भव नै थिएन । काँग्रेस र तत्कालीन माओवादीबीच बनेका दुईवटा संयुक्त सरकारले तीन तहको निर्वाचन गराए । तर हामी चुनावमा नराम्रोसँग हार्यौं ।
सभापतिको अलोकप्रियता र असफता त्यहाँनिर त देखियो नि ?
– चुनाव हार्नुको कारण सभापतिको असफलता होइन, कारण अर्कै छ ।
हामीसँग आइसकेको माओवादीलाई हामीले आफूसँग राख्न सकेनौँ । हाम्रो साथीहरुमा घमण्ड देखियो । माओवादीबिना पनि बहुमत ल्याउन सक्छौँ भन्न थाले । माओवादी एमालेसँग मिल्छ भन्ने कुरा आँकलन गर्न सकेनन् । माओवादी पहिले हामीसँग मिल्न आएको थियो । माओवादी ३५ प्रतिशत दिए पनि काँग्रेससँग सहकार्य गर्न तयार थियो । तर सभापतिलाई असफल बनाउन चाहने पार्टीका साथीहरुले माओवादीलाई साथमा लिएर जान चाहेनन् । सभापतिजी माओवादीलाई ३५ प्रतिशत दिन तयार हुनुहुन्थ्यो । मधेसवादीसँग पनि आधा–आधा गर्न सभापति तयार हुनुभएको हो । साथीहरुले निर्णय लिन दिएनन् । साथीहरुले सभापतिसँग काँग्रेसलाई पनि खाल्डोमा हाल्ने प्रयत्न गरे । सभापतिको भिजनअनुसार अगाडि बढ्न दिएको भए यतिबेला काँग्रेस सत्तामा हुन्थ्यो ।
अब सङ्गठन विभागको प्रमुखको हैसियतले आगामी निर्वाचनमा काँग्रेसलाई सत्तामा पुर्याउन के कस्तो रणनीति बनाइराख्नु भएको छ ?
–अहिले पार्टीमा देखिएको विवाद सामान्य भएपछि म अगाडि बढ्छु । म यतिबेला बलिरहेको आगोमा घिउ थप्न हुन्न भनेर केही साइलेन्ट बसेको छु । जिल्ला–जिल्ला पार्टीभित्र मतभेद छ । त्यो मतभेदलाई मैले ठीक ठाउँमा ल्याउँछु । टोल–टोलमा र गाउँ–गाउँमा गएर समावेशी ढङ्गले सबैलाई समेटेर सङ्गठन विस्तारमा लाग्छु । आपसमा नमिलेका साथीहरुलाई मिलाउने कोसिस गर्छु ।
काँग्रेस छोडेर गएका साथीहरुलाई काँग्रेसमा फर्काउने मेरो प्रयास रहन्छ । यस्तै काँग्रेसी हुँ भन्दै पार्टीभित्र बसेर बदमासी गर्नेलाई ठेगान लगाउने काम मेरो पहिलो प्राथमिकता हुन्छ । अब केही दिनमै म देश दौडाहमा निस्किन्छु ।
त्यस्ता बदमासलाई कारबाहीका लागि पार्टीको अनुशासन समितिको जिम्मा लगाउँछु । यो एक वर्षमा काँग्रेसमा सुदृढीकरण गराएर छोड्छु । आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर मात्र सक्रिय राजनीतिबाट विश्राम लिने सोच बनाएको छु ।
यतिबेला काँग्रेसले एक ढिक्का भएर सदनमा भएका साथीहरुले सदनबाट कुरा उठाउने, सदन अवरुद्ध गर्नुपर्ने अवस्था आयो भने अवरुद्ध गर्ने काम गर्नुपर्छ । पार्टीमा भएका साथीहरुले सडक तताउनुपर्छ । हाम्रा लागि सडक तताउने यो उपयुक्त मौका हो । केही दिनदेखि प्रधानमन्त्री अस्पतालमा हुनुहुन्छ । अहिले नै सडक ताउँदा उहाँलाई अप्ठ्यारो पर्ला । उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि काँग्रेसले सडक तताउनुको विकल्प छैन ।
यो पार्टीको कुरा भयो । वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी नियाल्नु भएको छ ?
–कम्युनिस्ट सरकारले दिनानुदिन बदमासी गर्दै छ । प्रधानमन्त्री बदमासहरुको रक्षक देखिनुभएको छ । भ्रष्टाचार, महँगी, कर वृद्धि विरुद्धमा हामीले सदन र सडक तताउनुपर्ने बेला आएको छ ।
यतिबेला काँग्रेसले एक ढिक्का भएर सदनमा भएका साथीहरुले सदनबाट कुरा उठाउने, सदन अवरुद्ध गर्नुपर्ने अवस्था आयो भने अवरुद्ध गर्ने काम गर्नुपर्छ । पार्टीमा भएका साथीहरुले सडक तताउनुपर्छ । हाम्रा लागि सडक तताउने यो उपयुक्त मौका हो । केही दिनदेखि प्रधानमन्त्री अस्पतालमा हुनुहुन्छ । अहिले नै सडक ताउँदा उहाँलाई अप्ठ्यारो पर्ला । उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि काँग्रेसले सडक तताउनुको विकल्प छैन ।
तर सभापति त काँग्रेसले सडक तताउँदैन । हामी सडकका रेलिङ भाँच्ने र टायर बाल्ने प्रतिपक्षी होइनौँ भन्नु भएको छ नि ?
–त्यो नगर्दा जनताले प्रतिपक्षी नदेखिएको ठान्दारहेन् छन् । ४८ सालमा तत्काली प्रतिपक्षी एमालेले सरकारको हनिमुन पिरियडसमेत नपर्खेर सडकमा उत्रिँदै रेलिङ भाँच्ने र टायर बाल्ने काम गरेका थियो । जनताले त्यसो गरे मात्र प्रतिपक्षीले राम्रो गर्यो भन्दा रहेछन् । तर काँग्रेसले कम्युनिस्टकै जस्तो विध्वांश मच्चाउँदैन । तर शालीन ढङ्गले जनताको भावनालाई क्यास गर्दै लाखौँको सङ्ख्यामा सडकको नेतृत्व गरेर जानैपर्छ ।
तपाईं सरकारविरुद्ध आन्दोलनको विकल्प छैन भन्नुहुन्छ । सभापतिले सरकारसँग भागबण्डाको राजनीति गरिरहेको देखिन्छ । यस्तो अवस्थामा सरकारविरुद्धको आन्दोलन कसरी सफल हुन्छ ?
–सभापति प्रतिपक्षी दलको नेता पनि हो । प्रतिपक्षी रहितको संवैधानिक निकाय बन्नपुग्यो भने मुलुक कम्युनिस्ट करण बन्न पुग्छ । यो भन्दैमा उहाँले सरकारको विरोध गर्नु छोड्नु भएको छैन । सदनबाट विरोध जनाइ राख्नुभएको छ ।
सरकारका सबै काण्डको छानविनका लागि सभापतिले जोडदार आवाज उठाइ राख्नुभएको छ । उहाँ सालिन व्यक्तित्व हो । उहाँले छुद्र कुरा गर्नुहुन्न । उहाँको सालिनतालाई कमजोरी ठान्नु हुँदैन ।