शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

बालाजु एसिड आक्रमण प्रकरणः आफै बोत्तल खसेर श्रीमान‍्को मुखमा पर्न गएको दावी

मङ्गलबार, २७ फागुन २०७६, १४ : ०८
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौँ । काठमाडौँको बालाजुमा सुतिरहेको समयमा एक युवकमाथि तेजाव आक्रमण भएको छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको हो ।  महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरले सुतिरहेको अवस्थामै थापामाथि तेजाब आक्रमण भएको पुष्टि गरे । तेजाब थापाको अनुहार र हातमा परेको डीएसपी राठौरले बताए । 

तेजाब आक्रमण गरेको आशंकामा प्रहरीले उनकी श्रीमती प्रतिमालाई पक्राउ गरेको छ । प्रतिमाले झ्यालमा एसिड राखिएको र आफै बोत्तल खसेर मुखमा पर्न गएको प्रहरीसमक्ष बयान दिएकी छन् ।  उनीहरुबीच ६ वर्षअघि विवाह भएको थियो । राजाराम र प्रतिमाका तीन महिनाका एक सन्तान पनि छन् । पारिवारिक विवादका कारण तेजाब आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

एक हप्ताअघि मनमैजुबाट डेरा सरेर आएका उनीहरु चारैतिर कम्पाउन्डले घेरिएको नयाँ घरको दोस्रो फ्ल्याटमा बस्दै आएका थिए । रातको समयमा दुई तलामाथि बन्द कोठामा अरु कोही जान नसक्ने भन्दै प्रहरीले श्रीमतीमाथि नै शंका गरेको हो । राजाराम बसचालक हुन् । 

तेजाब आक्रमण लगत्तै प्रहरीले राजारामलाई त्रिवि शिक्षण अस्पताल पुर्याएका थियो । राजारामको त्रिविमा उपचार भइरहेको छ । यसअघि विभिन्न स्थानमा तेजाब आक्रमण गरेका घटना मात्र बाहिर आउने गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप