पाँच डीएसपीको सरुवा, बौद्धमा नवीन कार्की
मङ्गलबार, २७ फागुन २०७६, १३ : ५८

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरूवा गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्ध सरूवा गरिएको छ । यस्तै बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा लगिएको छ ।
त्यसरी नै डीएसपी मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । त्यस्तै डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र डीएसपी प्रतिक सिंह राठौरलाई सर्लाहीबाट प्रहरी प्रधान कार्यालय काज सरूवा गरिएको छ ।
उपत्यकाको आकर्षक तथा चुनौतीपूर्ण मानिने बौद्ध सरुवा भएका डीएसपी कार्की पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम पक्राउको क्रममा फिल्डमा खटिएका अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल