सभामुख र भारतीय राजदूतबीच भेटवार्ता (भिडियो सहित)
मङ्गलबार, २७ फागुन २०७६, १२ : ५९

काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।
नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर सभामुख सापकोटासँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । नेपाल र भारतको सम्बन्ध औपचारिक नभएर प्रकृतिक सम्बन्ध भएकोले सरकार—सरकार, संसद—संसद र जनता—जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।