छायाँकन सेटमा अनमोल र सुहानाको होली

काठमाडौं । विश्वकै चुनौतीको विषय बनेको कोरोना भाइरसको त्रासका कारण चलचित्र निर्माता संघ नेपालले केही समयका लागि फिल्मको छायाँकन रोक्न अनुरोध गरिसकेको छ । तर पनि फिल्म ‘ए मेरो हजुर ४’को अहिले पोखरामा धमाधम सुटिङ भइरहेको छ ।
सुटिङकै क्रममा सोमबार परेको होली पनि फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन स्थानमै सामान्य तरिकाले मनाएको छ । कलाकार, निर्देशक, प्राविधिक लगायतले एक अर्कालाई अविर दलेर छायाँकन स्पोटमा होली मनाएका हुन् ।
निर्माण युनिटले सार्वजनिक गरेको तस्विरमा फिल्मका मुख्य कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतसँगै निर्देशक झरना थापा अविरले रंगिएको देख्न सकिन्छ ।
तस्बिरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले समेत एक अर्र्काेलाई अविर दल्दै गरेको देखिएको छ । उनीहरुको साथमा अविरले रंगिएको एक कुकुर पनि छ । अनमोलले पालेको ‘कोको’ नामको यो कुकुरको ‘ए मेरो हजुर ४’मा अभिनय समेत रहेको छ ।
सुनिल कुमार थापाको निर्माण, सञ्जय लामाको छायाँकन रहेको फिल्म पोखरा पछि काठमाडौ र ललितपुरमा छायाँकन हुनेछ ।
झरना थापाको निर्देशन रहेको फिल्ममा डेढ करोड लागतमा बन्न लागेको हो । यसको रिलिज मिति अर्को वर्षको दशैं बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’