बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालाबजारी रोक्न बजार अनुगमन

सोमबार, २६ फागुन २०७६, २१ : ३१
सोमबार, २६ फागुन २०७६

जिल्लाको तिलोत्तमा नगरपालिकाले कालाबजारी हुन सक्ने भन्दै आज बजार अनुगमन गरेको छ । नगरप्रमुख वासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीको सहभागितामा बजार अनुगमन गरिएको हो ।

कोरोना भाइरसका कारण बजारमा देखिन सक्ने समस्या समेतलाई दृष्टिगत गरी बजार अनुगमन गरिएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । टोलीले औषधि पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, खाद्य उद्योग, हार्डवेयर, मासु पसल लगायतमा अनुगमन गरेको नगरप्रमुख घिमिरेले जानकारी दिए ।

तिलोत्तमा क्षेत्रमा केन्द्रित अनुगमनका क्रममा टोलीले अखाद्य वस्तु नष्ट गराउनाका साथै सरसफाइमा विशेष ध्यान पु¥याउन होटल तथा रेष्टुरेन्ट र खाद्य उद्योगलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा पसलमा राखिएका पोलिथिनका झोला, गिलास, प्लेट, बरामद गरिनाका साथै म्याद गुज्रिएका खाद्य वस्तुसमेत बरामद गरी नष्ट तथा जफत गरेको अनुगमन टोलीले जनाएको छ । 

टोलीले आफ्नो पसल, उद्योग परिसर र आसपासको सडकलाई सफा राख्न पनि निर्देशन दिएको उपप्रमुख चौधरीले बताइन् । । टोलीले व्यवसाय दर्ता नगरेका व्यवसायीलाई नगरपालिकामा व्यवसाय दर्ता गरेरमात्र व्यवसाय गर्न अनुरोधसमेत गरेको नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप