शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्गम क्षेत्रमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुसी

सोमबार, २६ फागुन २०७६, १८ : २८
सोमबार, २६ फागुन २०७६

दुर्गम क्षेत्र मानिएको पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी र चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोट जोड्ने ‘भोलुङ्गे पुल’ निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी भएका छन् ।

वर्षौंदेखि रामाघाट खोलामा पुल नहुँदा तीन घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका हुन् । 

यो ठाउँमा पुल नहुँदा यहाँभन्दा पहिले केही मान्छेलाई खोलाले समेत बगाएको छ । सामान्य कामका लागि पनि खोला तर्नुपर्ने भएकाले बर्सातको समयमा खोला उर्लिएपछि वारपार गर्न निकै समस्या हुने गरेको स्थानीयवासी मेगे भण्डारीले बताए ।

अब खोलामा ८० मिटर लामो पुल बन्ने भएपछि दुई स्थानीय तहका सयौँ नागरिक लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताए ।

चालू आव कर्णाली प्रदेश सरकारले यहाँ पुल निर्माणका लागि रु ३५ लाख २२ हजार ९०८ बजेट पठाएको छ । 

केही सयमपहिलेदेखि पुल निर्माणको काम शुरु भइसकेको अध्यक्ष बुढाले बताउनुभयो । पुल निर्माण शुरु भएपछि २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्”, उनले भने, “अब वैशाख महिनादेखि पुल सञ्चालनमा आइसक्ने गरी काम थालनी गरिएको  छ । करीब रु १८ लाख बराबरको सामग्रीहरु ढुवानी भइसकेको छ”, अध्यक्ष बुढाले भने, “पुलका लागि आवश्यक पर्ने लट्ठा ढुवानी केही दिनमै हुने छ । 

स्थानीयवासी अर्जुन शाहीले पुल निर्माण भएपछि ठाटीकाँधबजार जान पहिलेभन्दा अब तीन घण्टा छोटो बाटो हिँड्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप